२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परापूर्वकालदेखि नै महिला अधिकार स्थापित छ : मन्त्री कार्की

अ+ अ-

मोरङ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले इस्लाम धर्ममा महिलाको अधिकार परापूर्वकालदेखि नै स्थापित भएको बताएका छन् ।

इस्लामी सङ्घ नेपालद्वारा नारी दिवसका अवसरमा आज यहाँ आयोजित ‘राष्ट्रव्यापी महिला अधिकार अभियान’ को समापन समारोहमा उनले महिलाको अधिकार धार्मिक ग्रन्थ कुरानमै उल्लेख हुनु निकै रमाइलो पक्ष हो भने ।

मन्त्री कार्कीले महिलाको विवाह हुने अन्तिम समयमा पनि विवाह गर्न राजी छौ कि छैनौँ स्वीकृति लिने प्रचलनले महिला अधिकार स्थापित भएको एक उदाहरण भएको बताउँदै मुस्लिम महिलाले अधिकारको लडाइँसँगै शिक्षामा पनि अघि बढ्नुपर्ने सुझाव दिए । महिलाबिनाको सृष्टिको सिर्जना हुन नसक्ने भन्दै मन्त्री कार्कीले अधिकार मागेर होइन, खोसेर लिन सक्नुपर्छ भने । सो अवसरमा मौलाना ताहिर नदवी, जुलफकर अली जेनिसा सुमन, केशरजहाँ फलाही र जनिसा खातुनले पनि महिला अधिकारका पक्षम बोलेका थिए ।

कार्यक्रममा चिकित्सा तथा शिक्षा क्षेत्रमा अमूल्य योगदान दिने मुस्लिम समुदायकका अगुवा महिला प्राध्यापक बिलकिस बानो, डा. फरिदा खातुन, समाजसेवी जनिसा सुमनलाई सम्मान गरिएको थियो ।

फागुन २० देखि २६ गतेसम्म सञ्चालन भएको सो अभियान प्रदेश नं १ मा मुस्लिम बाहुल्यता भएको क्षेत्रमा प्रवचन दिने, चेतना फैलाउने तथा सुनसरी, मोरङ, झापा, उदयपुर र कृषि इञ्जीनियरिङ क्याम्पस धरानसहित सामुदायिक विद्यालय एवं मदरसा र निजी विद्यालयमा सो अभियान सञ्चालन गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस