फागुन २९ गतेदेखि काँग्रेसको चुनाव लक्षित अभियान सुरू « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

फागुन २९ गतेदेखि काँग्रेसको चुनाव लक्षित अभियान सुरू


२४ फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसको चुनावलक्षित एक महिने प्रचार अभियान फागुन २९ गतेदेखि सुरू हुने भएको छ ।

यसअघि केन्द्रीय कार्यसम्पादन समितिले फागुन २० गतेदेखि उक्त अभियान सुरु गर्ने निर्णय गरे पनि एमसीसी सम्झौता अनुमोदनले गर्दा तयारी नपुगेको भन्दै स्थगित भएको थियो ।

‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ भन्ने नारासहित फागुन २९ गतेदेखि सुरू हुने अभियानबारे छलफल गर्न अहिले केन्द्रीय कार्यालयमा बैठक बसिरहेको एक पदाधिकारीले जानकारी दिए ।

सभापति शेरबहादुर देउवा बैठक सुरू गरेर बाहिरिएका छन् भने बैठकमा उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित सहमहामन्त्रीहरू र उपलब्ध केन्द्रीय सदस्यहरू सहभागी छन् ।

बैठकमा फागुन २९ देखि चैत्र २९ गतेसम्म चुनावलक्षित प्रचारप्रसार अभियान सञ्चालन गर्नेबारे छलफल भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस