१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीद्वारा रंगेलीका नगरप्रमुखमाथि कारबाही

अ+ अ-

काठमाडौँ । औपचारिक रुपमा एमाले प्रवेश गर्न लागेका मोरङस्थित रंगेली नगरपालिकाका प्रमुख दिलीप बगडिया (अग्रवाल)लाई माओवादी केन्द्रले कारबाही गरेको जनाएको छ ।

माओवादी केन्द्रका प्रदेश १ अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)ले एक विज्ञप्ति जारी गर्दै पार्टीले २०७८ साल फागुन १५ गतेदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी उनलाई निष्कासन गरेको जनाएका हुन् ।

‘पार्टी नगर कमिटी इन्चार्ज समेत रहेका अग्रवालले आफ्नै पार्टी कमिटीलाई क्षति पुग्ने गतिविधि गर्दै पार्टीको शक्ति र नगर प्रमुखको शक्तिलाई आफ्नो व्यवसायीक स्वार्थमा प्रयोग गर्न खोजेपछि जिल्ला पार्टी कमिटी मोरङले २०७८ वैशाखमा निजलाई पार्टीको विधान धारा ५७ (२) बमोजिम रंगेली नगर कमिटी इन्चार्जको जिम्मेवारीबाट निलम्बन गरी अनुशासनको स्पष्टीकरणसमेत सोधी पार्टी सदस्यता खारेजीको लागि प्रदेश कमिटीलाई सिफारिस गरिएको थियो,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘स्पष्टीकरणमा निजले पालिकाको कामले पार्टीमा समय दिन नसकेको र पार्टी हित विपरीत जाने आफ्नो मनसाय नरहेको भनी जवाफ दिए तापनि आजसम्मको राजनीतिक गतिविधिमा पार्टी गोपनीयता भङ्ग गरेको, पार्टी अनुशासन नमानेको र वर्ग विरोधी क्रियाकलापमा लिप्त भएको कारण २०७८–११–१५ बाट लागू हुने गरी नगर पार्टी कमिटीको सिफारिस अनुसार दिलीप कुमार अग्रवाल नेकपा (माओवादी केन्द्र) पार्टीको साधारण सदस्य समेत खारेजी गरी पार्टीको कुनै आधिकारिक व्यक्ति नरहेको ब्यहोरा सबैमा अवगत गराउँदछौ ।’

विज्ञप्तिमा बगडियाले छर्ने कुनै पनि भ्रमको पछाडि नलाग्न रंगेली नगर कमिटीका स्थानीय नेता कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तकमा अपिल गरिएको छ । मेयर बगडियालाई पार्टीको चुनाव चिन्हबाट नगर प्रमुखमा निर्वाचित भएकोले नगर प्रमुख पदबाट निष्कासन गर्न पार्टीको केन्द्रीय कार्यालयमार्फत निर्वाचन आयोगलाई सिफारिस गरेको पनि माओवादी केन्द्रले जनाएको छ ।

बगडियासहित रंगेलीका माओवादी कार्यकर्ता नेकपा एमालेले भोलि सोही ठाउँमा आयोजना गरेको एक कार्यक्रमकाबीच पार्टी प्रवेशको तयारीमा रहेको बताइएको छ । उक्त कार्यक्रममा सहभागी हुन पूर्व–प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उपस्थित हुने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस