आफ्नै साथीलाई गोली प्रहार गरेको आरोपमा एक युवक पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आफ्नै साथीलाई गोली प्रहार गरेको आरोपमा एक युवक पक्राउ


२३ फाल्गुन २०७८, सोमबार


पक्राउ

जनकपुरधाम । धनुषामा आफ्नै साथीलाई गोली प्रहार गरी फरार रहेका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१९ शिवपुरस्थित मामाको घरमा बस्दै आएका कमला नगरपालिका–८ निवासी १८ वर्षीय मुकेश मुखियामाथि शनिबार राति गोली प्रहार भएको थियो ।

मुखियामाथि गोली प्रहार गरेको आरोपमा जनकपुरधाम १९ कै रुपेश यादवलाई नियन्त्रणमा लिइएको धनुषा प्रहरीले जनाएको छ ।

यादवलाई भारततर्फ भाग्दै गरेको अवस्थामा नेपाल भारतको सीमाक्षेत्र धनौजी गाउँपालिका–४ बाट नियन्त्रणमा लिइएको बस्नेतले बताए । उनलाई पक्राउ गरी सोधपुछ गर्दा मुखियामाथि गोली प्रहार गरेको स्वीकारेको प्रहरीको भनाइ छ । उनीविरुद्ध ज्यान मार्ने उद्योग तथा हातहतियार खरखजाना मुद्दामा म्याद थप गरी अन्य अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

शनिबार राति आफ्नो मामाको किराना पसल अगाडि बसिरहेका मुखियामाथि पेस्तोलले गोली प्रहार गरिएको थियो । चिउँडोमा लागेको गोली घाँटीमा गएर अडकिएपछि उनलाई उपचारका लागि काठमाडौँको नर्भिक अस्पताल लगिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस