पछिल्लो २४ घण्टामा थप ६८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

पछिल्लो २४ घण्टामा थप ६८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु


२२ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार १३५ जनाको पीसीआर परीक्षण गर्दा ५४ जना र १ हजार ७९४ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी ६८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५३८ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल ६ हजार ४६१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै आइतबार थप २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस