गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्छ : नेता गच्छदार « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्छ : नेता गच्छदार


२२ फाल्गुन २०७८, आइतबार


मोरङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले वर्तमान गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले गठबन्धन सरकार निर्माणका मात्र नभएर अहिलेको जनताको र राष्ट्रको आवश्यकता भएको प्रस्ट पारे ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका गच्छदारले गठबन्धन दलहरुको सुझबुझअनुसार मुलुक ठुलो दुर्घटनाबाट जोगाउन साथै एमसीसी संसदबाट पास गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे ।

उनले मुलुकको राजनीतिक समाधानमा गठबन्धन दलले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै विगतमा आफ्नो पार्टी मधेसी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीले संविधान निर्वाणमा १६ बुँदे सम्झौता गरेको जानकारी दिए ।

नेता गच्छदारले एमसीसी विशुद्ध विकास परियोजना भएको चर्चा गर्दै गठबन्धन दलहरुले पार्टीको स्वार्थभन्दा माथि उठी यसलाई पास गराउन सहयोग पुर्याएको धारणा व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस