पोखरा–जोमसोम उडान सुरु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पोखरा–जोमसोम उडान सुरु


२२ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । पोखरा–जोमसोम रुटमा आज (आइतबार)देखि नियमित उडान सुरु भएको छ ।

तारा एयरले यो रुटमा उडान सुरु गरेको हो । कोरोना भाइरसको तेस्रो लहर सुरु भएपछि गत डिसेम्बरदेखि यो रुटमा उडान बन्द भएको थियो ।

आइतबार मात्र कुल ५ वटा उडान भएको तारा एयरले जनाएको छ । यसमा भारतीय नागरिक र केही विदेशी यात्रु बढी उडेको समेत कम्पनीको भनाइ छ ।

यो रुटमा ताराले दैनिक उडान गर्ने भएको छ । खासगरी मुक्तिनाथ जाने यात्रु यो रुटमा हुने उडानबाट लाभान्वित हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस