महाभियोग सिफारिस समिति गठन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

महाभियोग सिफारिस समिति गठन


२२ फाल्गुन २०७८, आइतबार


काठमाडौँ । प्रधानन्यायाधीशविरुद्ध परेको महाभियोग सिफारिस समिति गठन भएको छ ।

प्रतिनिधिसभाको आज (आइतबार)को बैठकले प्रधानन्यायाधीशविरुद्ध परेको महाभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमत पारित गरेको हो ।

सो समितिमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा सुवेदी (गुरुङ), रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा शिवमाया तुम्वाहाम्फे रहेका छन् ।

संसदको बैठकमा आफ्ना माग पूरा गराउन विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सो समितिका लागि आफ्नातर्फबाट नाम दिएको छ ।

प्रतिनिधिसभाको बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले आज बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उक्त प्रस्तावमाथि अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्न ११ सदस्यीय सिफारिस समिति गठन गरिएको हो ।

नेपालको संविधानको धारा १०१ को उपधारा (३) र (४) एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६२ बमोजिम सो समिति गठनको प्रक्रिया अघि बढेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि यही फागुन १ गते कार्यक्षमता र आचरणसम्बन्धी प्रश्न उठाउँदै उक्त प्रस्ताव दर्ता भएको थियो ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्रप्रसाद बडूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन (आव २०७७–०७८) पेस गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस