१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीको केन्द्रीय समिति बैठक बस्दै, असन्तुष्ट पक्षले लिखित रूपमै फरक मत राख्ने

अ+ अ-

काठमाडौँ । पार्टी विभाजनको चर्चाबिच माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुने भएको छ । पटक–पटक स्थगित भएको केन्द्रीय समितिमा एमसीसीलगायत समसामयिक विषयमा छलफल हुने माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले बताए । बैठक राष्ट्रिय सभागृहमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

संशोधनबिना एमसीसी पास गर्न नहुने आठौँ महाधिवेशनको ‘म्यान्डेट’ र जबरजस्ती संसदमा पेस गरे सरकारबाटै बाहिरिने तथा विपक्षमा मतदान गर्ने संसदीय दलको निर्णय विपरीत अध्यक्ष प्रचण्ड गएपछि माओवादीमा अहिले तीव्र विवाद छ ।

व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने पूर्वस्थायी समिति बैठकको निर्णयमा नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल लगायतका नेताहरूले फरक मत राखेका थिए ।

एमसीसीमा फरक मत राख्नेमध्यका नेता लिलामणि पोखरेल केन्द्रीय समिति बैठकमा आफूले एमसीसीको विषय लिखत रुपमै उठाउने बताए ।

‘संगठन र चुनवाको एजेन्डा त पार्टीबाट आइहाल्छ,’ पोरखेलले भने, ‘अर्को एजेन्डा एमसीसी हो । म लिखित रुपमा एमसीसीको विषय उठाउँछु ।’

एमसीसीमा विवाद बढेपछि आफ्नो समूहका नेताहरुसँग छलफल बढाएका नेता श्रेष्ठले पनि लिखित रुपमै एमसीसीबारे फरक दस्तावेज पेस गर्ने तयारी गरेका छन् । अध्यक्ष प्रचण्डसँगको छलफलपछि एसमीसीका विषयमा श्रेष्ठ फरक मत राखेर जान तयार भएका थिए ।

एमसीसीका विषयमा धेरै वरिष्ठ नेताहरूले फरक मत राखेपछि र विशेषगरि नेता श्रेष्ठले छुट्टै छलफल चलाएपछि माओवादी विभाजन त हुँदैन भन्ने आंशका उब्जिएको छ ।

तर, श्रेष्ठ समूहकै नेता लिलामणि पोखरेल पार्टी विभाजनबारे कसैले सोच्दा पनि नसोचेको र त्यो सम्भव पनि नरहेको दाबी गर्छन् ।

आठौँ महाधिवेशनपछि पहिलो पटक ललितपुरमा माओवादीको केन्द्रीय समिति बैठक बसेको थियो । उक्त बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुनः निर्वाचित गरेको थियो । चीनमा उपचाररत नेता वर्षमान पुनको आग्रहमा बैठक केही दिन स्थगन गरिएको थियो । त्यसपछि सुरु भएको कोरोना सङ्क्रमण र सत्ता गठबन्धनभित्रको उथलपुथलका कारण बैठक पटक–पटक स्थगन भएको थियो ।

पहिलो बैठककै निरन्तरताका रूपमा सुरु हुन लागेको बैठकका मुख्य एजेन्डा ‘सङ्गठन र भावी कार्य योजना तय गर्ने’ रहेको ढकालले जानकारी दिए । महाधिवेशनबाट माओवादीले अध्यक्ष चयन गरे पनि अन्य पदाधिकारी चयन गर्न बाँकी छ । त्यस्तै स्थायी समिति, पोलिटब्युरो गठन र केन्द्रीय नेताहरूको जिम्मेवारी बाँडफाँट पनि भएको छैन ।

प्रतिक्रिया दिनुहोस