धादिङ अस्पतालमा एपेन्डिसाइटिस सेवा सुरु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

धादिङ अस्पतालमा एपेन्डिसाइटिस सेवा सुरु


१८ फाल्गुन २०७८, बुधबार


धादिङ । धादिङ अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिस सेवा सुरु भएको छ ।

अस्पतालमा आधुनिक शल्यक्रिया कक्ष, आफ्नै अक्सिजन प्लान्ट निर्माण र दक्ष जनशक्तिको व्यवस्थापन व्यवस्थापन गरेपछि मात्र सो सेवा सुरु गरिएको हो ।

धादिङमा ज्याला मजदुरी गरेर बस्ने दोलखाका २४ वर्षीय खड्गबहादुर मगरको पहिलो सफल शल्यक्रिया गरिएको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम विकले बताए । पेट दुखेर अस्पताल आएका बिरामीको एपेन्डीसाइटिस डाइग्नोसिस भई ओपन एपेन्डेक्टोमीको शल्यक्रिया गरिएको थियो ।

एपेन्डिसाइटिसको मेडिकल सर्जन डा शङ्करराज लामिछाने, डा रामचन्द्र रिजाल, स्टाफ नर्स रुवि श्रेष्ठ, अनमी सुरुचि लामा र सहयोगी सञ्जु रिजालको टिमले शल्यक्रिया गरी सफल भएको डा लामिछानेले बताए ।

शल्यक्रियापछि बिरामीको अवस्था सामान्य रहेकाले घर पठाइएको छ । धादिङ अस्पतालमा एपेण्डिसाइटिस, हर्निया, हाइड्रोसिल, जटिल प्रसूति शल्यक्रिया सेवासमेत सञ्चालन हुँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस