एमसीसीबारे नेपालको व्याख्यात्मक घोषणालाई ध्यान दिएको चीनको भनाई « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एमसीसीबारे नेपालको व्याख्यात्मक घोषणालाई ध्यान दिएको चीनको भनाई


१६ फाल्गुन २०७८, सोमबार


बेइजिङ । आइतबार (हिजो) एमसीसी सम्झौता पारित भएको छ । नेपालको संसद्मा एमसीसी सम्झौता पारित भएपछि चीनले व्याख्यात्मक घोषणालाई ध्यान दिएको बताएको छ।

सोमबार (आज) बेइजिङमा पत्रकार सम्मेलन गरी चिनियाँ परराष्ट्र प्रवक्ता वाङ वनपिनले एक मित्रवत् छिमेकी र विकास साझेदारका रूपमा चीनले सधैँझैँ नेपाली जनताको विकासको बाटो छनोटलाई समर्थन गर्ने बताएका छन् ।

आइतबार नेपाली संसद्ले एमसीसी सम्झौता अनुमोदन गर्दै ‘व्याख्यात्मक घोषणा पत्र’ सार्वजनिक गरेको थियो। पत्रकार सम्मेलनमा वाङले अन्तर्राष्ट्रिय विकास सहयोगले पारस्परिक सम्मान र समान व्यवहारको सिद्धान्तलाई पालना गर्नुपर्ने, सम्बन्धित देशको सार्वभौमसत्ता र जनताको इच्छाको पूर्ण सम्मान गर्नुपर्ने र अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने हेतुले कुनै राजनीतिक सर्त नराख्ने कुरामा चीनले बारम्बार जोड दिने गरेको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस