त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ लाख बराबरको सुनसहित एक युवक पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ लाख बराबरको सुनसहित एक युवक पक्राउ


१६ फाल्गुन २०७८, सोमबार


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ लाख रुपैयाँ बराबरको सुनसहित एक युवक पक्राउ परेका छन् । उनलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको हो ।

कतारको दोहाबाट आइतबार काठमाडौँ आएका मौवावेल्ही–४ का ३६ वर्षीय सोकात अलीलाई प्रहरीले अवैध सुन लुकाइ छिपाइ ल्याएको आरोपमा पक्राउ गरेको हो ।

साथै उनको साथबाट अवैध रुपमा ल्याइएको ९४।९ ग्राम सुनको दुईथान ब्रासलेटसमेत बरामद गरेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस