१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ए–डिभिजन लिग: अन्तिम ३ खेल आज, मच्छिन्द्र अपराजित र तीन क्लब दोस्रो बन्ने होडमा

अ+ अ-

काठमाडौँ । शहीद स्मारक ए–डिभिजन लिग २०७८ को अन्तिम ३ खेल आज हुँदैछ । यस सिजनको लिग आजको खेलपछि सकिँदै छ ।

च्याम्पियन बन्ने र रेलिगेसनमा पर्ने टुङ्गो भइसकेको छ । आजको खेलपछि दोस्रो र तेस्रो स्थानमा रहने टिमको पनि टुङ्गो लाग्नेछ । च्याम्पियन बाहेक यस सिजन दोस्रो र तेस्रो स्थानमा रहने टिमले पनि नगद पाउने भएकाले महत्त्वपूर्ण छ ।

लगातार दोस्रो पटक च्याम्पियन बनेको मछिन्द्रले लिगको अन्तिम खेल एपीएफ एफसीसँग खेल्नेछ । मच्छिन्द्र यस सिजन अपराजित छ । एपीएफ विरुद्ध पनि अपराजित रहँदै लिगको ट्रफी उचाल्ने मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले बताइसकेका छन् ।

मछिन्द्रले १२ खेलमा १० जित र २ बराबरी खेलेको छ । मछिन्द्रको ३२ अङ्क छ । पहिलो खेलमा एनआरटी विरुद्ध एक गोल व्यहोरेको मछिन्द्रले त्यसपछिका ११ खेलमा कुनै गोल खाएको छैन ।

उता एपीएफ सुरुवाती तीन खेल हारेपछि लगातार ९ खेलमा अपराजित छ । कुनै बेला रेलिगेसनमा सङ्घर्ष गरेको एपीएफ मीड टेबलमा लिग सकाउने लक्ष्यमा छ । एपीएफ १२ खेलबाट १५ अङ्क जोडेर आठौँ स्थानमा छ । यदि मछिन्द्रलाई स्तब्ध पार्न सके एपीएफ सङ्कटालाई पछि पार्दै सातौँ स्थानमा पुग्नेछ ।

मच्छिन्द्र र एपीएफको खेल साढे ४ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु हुनेछ ।

त्यसअघि नै आज दुई खेल हुनेछन् । जसमा त्रिभुवन आर्मी एफसी र मनाङ मर्स्याङ्दी क्लब तथा एनआरटी र नेपाल पुलिस क्लब भिड्नेछन् । दुवै खेल एकै समय अर्थात् दिउँसो १ बजे सुरु हुनेछ । आर्मी र मनाङबिचको खेल दशरथ रंगशालमा तथा एनआरटी र पुलिसको खेल एन्फा कम्प्लेक्समा हुनेछ ।

आर्मी, एनआरटी र मनाङ तीनवटै क्लब दोस्रो बन्ने होडमा छन् । आर्मी २२ अङ्कसहित दोस्रो स्थानमा छ भने एनआरटी र मनाङ समान २० अङ्कबाट क्रमशः चौथो र पाँचौँ स्थानमा छ ।

अन्तिम खेलमा मनाङलाई पराजित गरे र बराबरी खेले आर्मी दोस्रो बन्नेछ । यदि आर्मी मनाङसँग पराजित भएमा र एनआरटीले पुलिसलाई पराजित गरेमा एनआरटी दोस्रो बन्नेछ । एनआरटी र मनाङ दुवै विजयी भएको अवस्थामा दुवैको समान २३ अङ्क हुनेछ । यस्तोमा हेड टु हेडमा अघि रहँदै एनआरटी अघि रहँदै दोस्रो हुनेछ ।

मनाङले दोस्रो स्थानमा लिग सकाउनका लागि भने आर्मीलाई हराउनुपर्नेछ भने एनआरटी पनि पुलिससँग पराजित हुनुपर्नेछ ।

यस सिजन लयमा नरहेको पुलिस १२ खेलबाट १२ अङ्कसहित ११औँ स्थानमा छ । एनआरटीलाई पराजित गरेमा पुलिसले नवौँ स्थानमा लिग सकाउनेछ ।

यी दुईमा आज अर्को एक क्लबको नजर पनि रहनेछ । यसै सिजनदेखि ए डिभिजन लिग खेलेको सात दोबाटो यूथ क्लब २१ अङ्कसहित अहिले तेस्रो स्थानमा छ ।

यदि एनआरटी र मनाङ पराजित भएमा सात दोबाटोलाई त्यसको फाइदा पुग्नेछ र तेस्रो स्थानमै लिग सकाउनेछ ।

च्याम्पियन मछिन्द्रले लिग उपाधिसँगै नगद ७५ लाख पक्का गरिसकेको छ । यस सिजन दोस्रो हुनेले ५० लाख र तेस्रो हुनेले २५ लाख पाउनेछन् ।

ब्रिगेड ब्वाइज क्लब र च्यासल यूथ क्लब अन्तिम दुई स्थानमा रहँदै बी डिभिजनमा घटुवा भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस