बुर्किनाफासोको सुन खानीमा विस्फोट, ६३ जनाको मृत्यु « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

बुर्किनाफासोको सुन खानीमा विस्फोट, ६३ जनाको मृत्यु


११ फाल्गुन २०७८, बुधबार


ओगादुगु । बुर्किनाफासोको एक सुन खानीमा सोमबार भएको विस्फोटमा परी कम्तीमा पनि ६३ जनाको ज्यान गएको छ ।

सोमबार बुर्किनाफासोको दक्षिणपश्चिमी क्षेत्रमा सो विस्फोट भएको थियो । त्यसमा परेर अरु सो खानीमा काम गर्ने मजदुर तथा कर्मचारीहरु मारिएका समाचारमा जनाइएको छ ।

सो विस्फोटमा परेर अरु दर्जनौँ व्यक्ति घाइते भएका छन् । तीमध्ये कैयौँ घाइतेको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने स्थानीय अधिकरीहरुले जानकारी दिएका छन् ।

सो खानी तत्कालै बन्द गर्न यहाँको स्थानीय सरकारले आदेश दिएको छ । बुर्किनाफासोको दक्षिण पश्चिमी प्रान्त जिबोबोरामा अवस्थित खानीमा सो विस्फोट भएको थियो ।

प्रहरीले सो खानी सञ्चालन गर्ने व्यक्तिहरुलाई पक्राउ गरेको जनाइएको छ । खानीको सञ्चालनका क्रममा आवश्यक सुरक्षा मापदण्डको पालना गरे नगरेको विषयमा उनीहरुमाथि अनुसन्धान हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस