२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामुदायिक विद्यालयमा पोसाक वितरण अभियान

अ+ अ-

बनियानी । झापाको बिर्तामोड नगरपालिकाले नगर क्षेत्रका सामुदायिक विद्यालयमा पोसाक वितरण अभियान सुरु गरेको छ ।

नगर क्षेत्रका दुई धार्मिकसहित २० सामुदायिक विद्यालयमा पोसाक वितरण अभियान सुरु गरिएको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले जानकारी दिए ।

‘सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका र विपन्न परिवारका विद्यार्थीका लागि पोसाक वितरण गर्न थालिएको हो’, उनले भने, ‘अभिभावकले पोसाक खरिद गर्न नसकेकै कारण विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन्, यस्तो अवस्था आउन नदिन र विद्यालयप्रति आकर्षण बढाउन अभियान सुरु गरिएको हो ।’

अभियानअन्तर्गत सामुदायिक विद्यालयका कक्षा–५ सम्मका विद्यार्थीका लागि विद्यालय पोसाक वितरण गरिने भएको छ । सुरुआतमा बिर्तामोड–६ स्थित सरस्वती माध्यमिक विद्यालयका १६४, वडा नं ७ स्थित लक्ष्मी आधारभूत विद्यालयका ८३, जनता प्राथमिक विद्यालय खालबाडीका १४७ र वडा नं ८ स्थित शुक्रराज आधारभूत विद्यालयका १६८ विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको छ ।

‘मजदुरी गरेर छोराछोरीलाई विद्यालय पठाए पनि विद्यालय पोसाक किन्न नसक्ने अवस्थाका अभिभावकलाई लक्ष गरी अभियान थालिएको र कतिपय विद्यार्थीले आफूसँग अरुकोजस्तो ड्रेस नभएका कारण मन दुखाउने तथा हिनताबोध गर्ने हुन्छन्’, नगरप्रमुख शिवाकोटीले भने, ‘विद्यार्थीमा एकरुपता ल्याउन पोसाक वितरण गरिएको हो ।’ नगरका अन्य विद्यालयमासमेत धमाधम पोसाक वितरण गरिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस