१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विनोद चौधरीको पद खारेजीको माग गर्दै सर्वोच्चमा रिट निवेदन

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीको पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ ।

काँग्रेसको विधानअनुसार योग्यता नपुगेका चौधरीलाई काँग्रेसले केन्द्रीय सदस्यमा निर्वाचित गराएको भन्दै सोही पदका उम्मेदवार सुभाषचन्द्र यादवले उनको पद खारेज गरी चौधरीको ठाउँमा योग्यता पुगेका उम्मेदवारलाई निर्वाचित गर्न माग गर्दै आज (मंगलबार) निवेदन दर्ता गराएका हुन् ।

उनले यसअघि निर्वाचन आयोगमा चौधरीको पद खारेजी गर्न माग गर्दै उजुरी दिएका थिए । तर, आयोगले काँग्रेसको निर्वाचन समितिकै निर्णयलाई सदर गरेपछि यादवले आयोग, काँग्रेस निर्वाचन समिति र चौधरीलाई विपक्षी बनाएर अदालतमा निवेदन दर्ता गराएका हुन् ।

‘राजनीतिक दल र दलको विधान सम्बन्धी विवाद हेर्ने निकाय निर्वाचन आयोग हो । यस विषयमा निर्वाचन आयोग अर्धन्यायिक निकाय पनि हो,’ आयोगको निर्णयमा असन्तुष्टि जनाउँदै यादवले भने, ‘आयोगले आफ्नो संवैधानिक र कानुनी दायित्वबाट विमुख भई दिएको निर्णय चित्तबुझ्दो भएन ।’

उनले आफ्नो निवेदनउपर संविधानको धारा ४६/१३३ बमोजिम उत्प्रेषण परमादेश माग गरेका छन् । आयोगले गत १८ माघमा यादवको उजुरीउपर निर्णय गर्दै काँग्रेस निर्वाचन समितिको निर्णय सदर गरेको थियो ।

गत मंसिरमा भएको १४ औँ महाधिवेशनमा चौधरी मधेसी (खुला)तर्फ निर्वाचित भएका थिए भने यादव निकटतम उम्मेदवार हुन् । यादवले चौधरीको पद खारेज गरी आफूलाई निर्वाचित गर्न माग गरेका छन् ।

काँग्रेसको विधानमा १० वर्ष निरन्तर नेपाली काँग्रेसको क्रियाशील सदस्य भएको महाधिवेशन प्रतिनिधिबाट ४ महिलासहित ९ जना मधेसी केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ । जबकि चौधरी ०७४ सालमा मात्रै काँग्रेस प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस