२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साकेलाका ९५ प्रतिशत उपभोक्ताको घरमा केन्द्रीय विद्युत् पुग्यो

अ+ अ-

काठमाडौँ । खोटाङको साकेला गाउँपालिकाका ९५ प्रतिशत उपभोक्ताको घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुगेको छ । दुई हजार ३३५ घरधुरी उपभोक्ता रहेको साकेला गाउँपालिकामा नेपाल विद्युत् प्राधिकरण तथा गाउँपालिकाको लगानीमा फलामे पोलसहितको केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरिएको हो ।

विद्युत् विस्तार गर्न बाँकी पाँच प्रतिशत उपभोक्ताको घरमा समेत यसै आर्थिक वर्षभित्र विस्तार गर्ने तयारी भइरहेको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताए। “गाउँपालिकाका सबै वडामा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तारको काम धमाधम भइरहेको छ”, उनले, “अबको केही महिनाभित्रै गाउँपालिकाभित्र बसोबास गर्ने सबै नागरिकको घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरेर उज्यालो गाउँपालिका घोषणा गर्ने योजनामा छौँ ।”

जिल्लाकै सबैभन्दा सानो पाँच वटा मात्रै वडा रहेको साकेला गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएपछि घरेलु उद्योगहरूसमेत धमाधम खुल्न थालेका छन् । केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएपछि मानेभञ्ज्यामा गाउँपालिकाकै लगानीमा अल्लो प्रशोधन केन्द्रसमेत सञ्चालनमा ल्याइएको छ ।

लामो समयसम्म कुप्प (मट्टितेल प्रयोग गरेर बालिने बत्ती तथा सोलार टुकीको भरमा उज्यालो उपभोग गर्दै आएका स्थानीय बासिन्दा गाउँपालिकाको पहलमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएपछि हर्षित भएका छन् । केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएपछि हरेक गाउँमा उज्यालोका लागि बत्ती बाल्नुका साथै खाना पकाउन, टेलिभिजन हेर्न, कुटानी पिसानी मिल सञ्चालन गर्नका साथै साना घरेलु उद्योग खोल्ने क्रम सुरु भएको स्थानीय बासिन्दा एवं नेकपा (माओवादी केन्द्र) साकेला गाउँपालिका स्तरीय समितिका सचिव नवीनकुमार राईले बताए ।

साकेला गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गर्न गाउँपालिकाको एक करोडभन्दा बढी लगानी भइसकेको प्रमुख प्रशासकीय अधिकृत रवीन मगरले जानकारी दिनुभयो । बाँकी पाँच प्रतिशत उपभोक्ताका लागि विद्युत् प्राधिकरणसँगको सहकार्यमा विद्युतीकरण गर्ने तयारीमा रहेको गाउँपालिकाले जनाएको छ ।

दश स्थानीय तह रहेको जिल्लाका अन्य सबै स्थानीय तहमा केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार भएको पाइएको छ । केन्द्रीय प्रसारण लाइनका विद्युत् नपुगेका ठाउँमा स्थानीय हाइड्रोपावरमार्फत उत्पादित विद्युत् तथा सोलार बत्ती खपत भइरहेको छ । जिल्लाका तीन वटा जलविद्युत् आयोजनाबाट उत्पादित १०.६ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएका छन् । साप्सुखोला जलविद्युत् आयोजना, माथिल्लो रावाखोला साना जलविद्युत आयोजना र मेवा खोला हाइड्रोपावर गरी जिल्लामा उत्पादित १०.६ मेगावाट जलविद्युत् ३३ केभी केन्द्रीय प्रसारण लाइनमा जोडिएको हो ।

जिल्लामा अहिले बढीमा तीन मेगावाट मात्र विद्युत् खपत भइरहेको नेपाल विद्युत् प्राधिकरण खोटाङका प्रमुख विजयराज रेग्मीले बताए। “जिल्लामा अहिले २० हजार ७८९ विद्युत् उपभोक्ता रहेका छन्”, उनले, “जिल्लामा उत्पादित विद्युत्मध्ये तीन भागमा एक भाग पनि खपत भएको छैन । अबको केही वर्षभित्रै जिल्लाका हरेक स्थानीय उपभोक्ताको घरमा पुर्‍याउने गरी विद्युत् विस्तारको काम भइरहेको छ ।”

जिल्लाका अधिकांश स्थानीय बासिन्दा आफ्नै लगानीमा उत्पादित हाइड्रोपावरको विद्युत् उपभोग गर्दै आएका छन् । जिल्लामा सञ्चालित दर्जन बढी हाइड्रोपावरलाई केन्द्रीय प्रसारण लाइनमा जोड्ने प्रयास समेत भइरहेको विद्युत् प्राधिकरणले जनाएको छ । तत्कालीन जिल्ला विकास समिति (हालको जिल्ला समन्वय समिति)ले पाँच वर्षभित्र खोटाङलाई उज्यालो जिल्ला बनाउने उद्देश्यले आवधिक योजना बनाएको थियो । स्विस सरकारको सहयोगमा निर्माण गरिएको उक्त आवधिक योजनाअन्तर्गत जिल्लाका विभिन्न ठाउँमा हाइड्रोपावर सञ्चालन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस