२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगार विभागमा भोलिदेखि प्रहरी टोली, डिएसपीले गर्ने छ कमान्ड

अ+ अ-

काठमाडौँ। वैदेशिक रोजगार विभागमा प्रहरी टोली परिचालन हुने भएको छ ।

विभागको कार्यालय बुद्धनगरमा मङ्गलवारदेखि प्रहरी नायव उपरीक्षक(डिएसपी) को नेतृत्वमा प्रहरी निरीक्षक(इन्स्पेक्टर)समेत गरी सात जनाको टोली परिचालन हुन लागेको हो ।

वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी नियन्त्रणका लागि मानव बेखविखन अनुसन्धान ब्युरोबाट प्रहरी खटाइने जनाइएको छ । विभागमा खटिने प्रहरी टोलीले उजुरी लिनेदेखि पक्राउन गर्ने अनुसन्धानको काममा सघाउने पनि सहयोग गर्ने विभागले जनाएको छ ।

भोलिदेखि डिएसपीको कमान्डमा सात जनाको नेपाल प्रहरीको टोली विभागमा खटिने र उजुरी तथा अनुसन्धानदेखि तत्काल पक्राउ गर्नेसम्मका कार्यमा परिचालन गरिन लागेको महानिर्देशक शेषनारायण पौडेलले बताए । 

वैदेशिक रोजगारीमा ठगी पुरानै समस्या रहेको र पछिल्लो समय भिजिट भिसाको नाममा धेरै मानिसहरूलाई अलपत्र पार्ने गरेको तथ्य सार्वजनिक भइरहेको सन्दर्भमा अनुसन्धानमा ढिलाइ भयो भन्ने नागरिकको गुनासोपछि त्यसलाई तत्काल समाधानका लागि मन्त्रालयले गृहसँग प्रहरी माग गरेको महानिर्देशक पौडेलको भनाई छ । 

यसरी खटिएको प्रहरी टोली विभागकै नियमित कर्मचारी सरह महानिर्देशकको निर्देशनमा काम गर्नेछन् भने निवेदन प्राप्त हुने बित्तिकै तत्कालै व्यक्तिलाई पक्राउ तथा खानतलासी गर्नुपर्ने अवस्थामा पनि खटाउन सकिनेछन् । जसले गर्दा अभियुक्त भाग्न नपाओस् र गुनासाहरू हप्तौँ तथा महिनौँसम्म पनि दराजमा थन्किएर पीडितहरू न्यायबाट वञ्चित नहोस् भन्ने नै रहेको विभागको भनाई छ । 

प्रहरी टोली काठमाडौँ उपत्यका मात्रै नभई बाहिरसमेत परिचालन हुन सक्ने र यसले ठगहरूलाई ठाउँका ठाउँ ठेगान लगाउन सजिलो हुने मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

वैदेशिक रोजगार ऐनमा वैदेशिक रोजगार सम्बन्धी कुनै पनि उजुरी प्रहरीले लिन सक्ने व्यवस्था रहेको छ । ऐनकै व्यवस्थामा टेकेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले महिना दिनअघि गृह मन्त्रालयलाई प्रहरी टोली उपलब्ध गराइदिन पत्राचार गरेको थियो ।

पछिल्लो पटक मन्त्रालयले मातहतका निकायहरूलाई प्रविधिसँग जोड्नेदेखि नियम कानुनतः सुधारका योजनाहरू अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस