२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवनमा पिपिआर रोग नियन्त्रण गर्न खोप अभियान सुरु

अ+ अ-

चितवन । भेडाबाख्रालाई लाग्ने ‘पिपिआर रोग’ नियन्त्रणका लागि जिल्लामा खोप लगाउन सुरुआत गरिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जिल्लाका सात पालिकामा एकै पटक अभियानका रुपमा खोप लगाउन थालेकोे हो ।

चौवालीस स्थानमा खोप केन्द्र तय गरी खोप लगाउन सुरु गरिएको कार्यालयका निमित्त प्रमुख प्रभात न्यौपानेले जानकारी दिए । उनका अनुसार जिल्लामा रहेका तीन लाख भेडाबाख्रा मध्ये १ लाख २७ हजारलाई खोप लगाइने छ ।

कार्यालयले यही माघ २५ गते मङ्गलबारदेखि फागुन २ गतेसम्म खोप अभियानका रुपमा कार्यक्रम सञ्चालन गरेको उनले जानकारी दिए । प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा एकै पटक खोप अभियान सञ्चालन गरेको हो ।

यो रोगले एकै खोरमा धेरै क्षति पुर्याउने जनाइएको छ । उनले भने, ‘सप्ताहव्यापी अभियानमा खोपमा सहभागी हुन किसानलाई आग्रह गछौँ ।’

विज्ञ केन्द्र, पशु सेवा केन्द्र, स्थानीय तहका पशुसेवा शाखामा सम्पर्क गर्न उनले अनुरोध गरे । बीस भन्दा बढी भेडाबाख्रा हुने किसानले जानकारी गराए खोरमै पुगेर खोप लगाइनेछ । यो खोप निःशुल्क लगाइने उनले जानकारी दिए ।

भरतपुर महानगरका पशुसेवा केन्द्रमा राखिएका ८ खोप केन्द्रमार्फत खोप लगाइने छ । यसका लागि रत्ननगरमा तीन, कालिकामा चार, राप्तीमा पाँच, माडीमा नौ र खैरहनी नगरपालिकामा १२ खोप केन्द्र मार्फत खोप सेवा सुरु गरिएको हो ।

यसैगरी इच्छाकामना गाउँपालिकामा तीन खोप केन्द्र तय गरिएको छ ।

सप्ताहव्यापी अभियानमा भरतपुरमा ३० हजार, रत्ननगरमा २० हजार, कालिकामा १५ हजार, खैरहनीमा १५ हजार, राप्तीमा २० हजार, माडी नगरपालिकामा १५ हजार र इच्छाकामनामा २० हजार खोप लगाउने लक्ष्य लिइएको छ ।

गतवर्ष जिल्लामा ७० हजार भेडाबाख्रामा खोप लगाइएको कार्यालयले जनाएको छ । खोप अभियानमा ३८ भ्याक्सिनेटेर खटिने छन् ।

गतवर्ष तीन पटक पिपिआर रोगको सङ्क्रमण फैलिँदा करिब एक हजार २०० भेडाबाख्रामा मरेका थिए । एक चोटी खोप लगाएपछि तीन वर्षसम्म सो रोगको समस्या नदेखिने निमित्त प्रमुख न्यौपानेको भनाइ छ ।

महामारी रोग भएकाले रोगी भेडाबाख्राको सम्पर्कमा रहने, लसपस भएको दानापानी, घाँसपात खाने, सोत्तर प्रयोग गर्ने भेडाबाख्रामा सर्ने गर्छ । ज्वरो आउने, झोक्राउने, नखाने, उग्राउन छाड्ने, आँखामा कचेरा र नाकमा बाक्लो सिगान आउने, निमोनिया हुने, मुखभित्र घाउ देखिने, बथानमा एकैपटक धेरै भेडाबाख्रा मर्ने पिपिआर रोगका लक्षण हुन् ।

प्रतिक्रिया दिनुहोस