२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वर्षाले अलैँची खेती गर्ने किसान हर्षित

अ+ अ-

फुङ्लिङ । ताप्लेजुङमा हिमपातसँगै निरन्तर वर्षा भएपछि किसान हर्षित भएका छन् । सबैभन्दा बढी अलैँची खेतीमा संलग्न किसान हर्षित भएका छन् ।

जिल्लाको प्रमुख नगदे बालीका रूपमा रहेको अलैँची खेतीका लागि सिँचाइ गर्ने समयमा वर्षा भएपछि किसान हर्षित भएका हुन् ।

हिमपातसँगै वर्षा भएकाले सिँचाइ गर्न पर्याप्त पानी नभएका क्षेत्रका किसानलाई ठूलो राहत मिलेको छ । अलैँची सिँचाइमा मूलकोभन्दा आकाशे पानी राम्रो हुने किसान बताउँछन् ।

जिल्लामा शुक्रबार र शनिबार वर्षा भएपछि हिमपातसमेत भएको छ । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपका विर्खबहादुर लिम्बू अलैँचीलाई सिँचाइ आवश्यक भएका बेला वर्षा भएकाले ठूलो राहत मिलेको बताउछन् ।

अलैँची फूल फुल्ने र नयाँ टुसा आउने समयमा वर्षा भएकाले राहत मिलेको लिम्बूले बताए। मङ्सिरपछि किसानले अलैँची खेतीमा सिँचाइ गर्ने गर्दछन् । यो समयमा औल क्षेत्रमा अलैँची पूmल्न थालेको र लेकाली क्षेत्रमा पूmल तथा टुसा पलाउने समय भएकाले वर्षाले फाइदा पुर्याएको किसानको भनाइ छ ।

यस्तै अन्य फलफूल तथा तरकारी खेतीलाई पनि वर्षाले फाइदा पुर्याएको छ । यतिबेला आलुखेतीको मौसम भएकाले वर्षाले फाइदा पुगेको हो । हिउँदमा बेला–बेलामा वर्षा भइदिँदा नगदेबाली अलैँचीसहित फलपूmल, तरकारीलगायतका बालीलाई फाइदा पुग्ने र उत्पादन राम्रो हुने किसान बताउँछन् ।

जिल्लाको नौ स्थानीय तहका ६१ वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलाबाहेक सबै वडामा अलैँची खेती गरिन्छ । कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार यहाँ चार हजार ३०२ हेक्टर क्षेत्रफलमा अलैँची खेती गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस