२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभामुखलाई पदबाट हटाएर हत्या अभियोगमा कानुनी कारबाहीको दायरामा ल्याउन माग

अ+ अ-

काठमाडौँ । पदीय मर्यादा कायम गर्न नसकेको र व्यक्ति हत्याको अभियुक्त रहेको भन्दै नागरिक अभियन्ताहरूले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोग लगाएर हटाउन अपिल गरेका छन् ।

सशस्त्र युद्धकालमा काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सापकोटामाथि मुद्दा चल्दा चल्दै सभामुख बनाइएको भन्दै १४ जना अभियन्ताले राज्यको नजरमा फरार रहेका सापकोटालाई हटाउन र पक्राउ गरी कानुनी दायरमा ल्याउन माग गरेका हुन् ।

अर्जुन लामाकी पत्नी पुर्णिमाया लामा, युद्धपीडित सावित्री श्रेष्ठ, सुमन अधिकारी, यज्ञराज थापा, नागरिक अगुवा कनकमणी दीक्षित, सुशील प्याकुरेल लगायतले आज (मंगलबार) विज्ञप्ति जारी गर्दै सापकोटाका गतिविधिका सन्दर्भमा यथोचित निर्णय लिई संसदीय प्रणालीको मूल्य मान्यताको रक्षा गर्न प्रमुख राजनीतिक दललाई अपिल गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘अग्नि सापकोटा नैतिकरूपमा स्खलित, तटस्थ व्यवहार देखाउन सर्वथा असफल एवं वर्षौँदेखि हत्याको आरोप खेपिरहेका तथा प्रहरीको फरार सूचीमा रहेका व्यक्ति हुन् । यस्तो गम्भीर चारित्रिक कमजोरी भएका व्यक्तिबाट प्रतिनिधिसभाको सभामुख जस्तो गरिमामय पद अनुकूलको आचरण प्रस्तुत हुने सम्भावना थिएन र छैन । निजलाई सभामुख पदमा निर्वाचित गरेयता प्रतिनिधि सभाको कार्यसम्पादनमा गम्भीर ह्रास आएको देखिन्छ । अत: अग्नि सापकोटालाई आफ्ना व्यवहार सच्याउन, कानुनी राज कायम गर्नका लागि नेपाल प्रहरीलाई मद्दत गर्न तथा आफ्ना गलत क्रियाकलापको आधार जनतासामु प्रस्तुत गर्न चुनौती पेस गर्दछौँ । हामी नेपाल प्रहरीलाई अग्नि सापकोटाको ठेगाना दिएर निजलाई भेटिने गरी खोजी गर्न सघाउन तत्पर छौँ ।’

विज्ञप्तिमा सापकोटाको व्यवहार सभामुखका रुपमा पूर्वाग्रहपूर्ण रहेको र उनी फौजदारी अभियोग खेपिरहेको व्यक्ति भएकाले कारबाही गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस