रुसमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रुसमा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित


२४ माघ २०७८, सोमबार


मस्को । रुसमा गएको २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित देखिएका छन् ।

यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यहाँ आइतबार मात्र एक लाख ८० हजार जनाभन्दा बढी संक्रमित देखिएका हुन् ।

ती संक्रमितको संख्या अहिलेसम्मकै २४ घन्टाभित्र देखिएका सबैभन्दा बढी संक्रमित हुन् । यहाँ अहिलेसम्म १ करोड २८ लाखभन्दा बढी कोरोना भाइरसका संक्रमित देखिएका बताइएको छ ।

त्यसैगरी यहाँको सरकारले बताए अनुसार यहाँ गएको २४ घण्टामा नै कम्तीमा पनि ६६१ ज्ना संक्रमितको निधन भएको छ ।

यो समेतगरी यहाँ अहिलेसम्म ३ लाख ३५ हजार ४१४ जनाको ज्यान गएको छ । रुसमा सबैभन्दा बढी संक्रमित हुने स्थान राजधानी मस्को नै रहेको पनि यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

रुसमा पछिल्लो समयमा विकसित भएको ओमिक्रोन भेरियन्टको प्रकोप बढेको पनि बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस