इजरायलद्वारा पाँच लाख ६३ हजार थान सिरिन्ज हस्तान्तरण « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

इजरायलद्वारा पाँच लाख ६३ हजार थान सिरिन्ज हस्तान्तरण


१८ माघ २०७८, मंगलबार


काठमाडौँ । इजरायलले कोभिड–१९ विरुद्ध लड्न नेपाललाई पाँच लाखभन्दा बढी सिरिन्ज प्रदान गरेको छ ।

नेपालका लागि इजरायलका राजदूत हनान गोडरले हवाईमार्गबाट ल्याइएका पाँच लाख ६३ हजार थान सिरिन्ज आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधिलाई हस्तान्तरण गरे ।

‘यो सहयोग महामारीविरुद्धको अन्तर्राष्ट्रिय सङ्घर्षको एक हिस्सा हो । महामारीविरुद्धको नेपालीको प्रयासमा सहयोग गर्न पाउँदा इजरायल गर्व गर्छ’, सिरिन्ज हस्तान्तरण गर्दै राजदूत गोडरले भने ।

नेपाल सरकारको सन् २०२२ को खोप लक्ष्य पूरा गर्न तथा महामारीलाई नियन्त्रणमा ल्याउन इजरायलले दुई राष्ट्रबीचको ऐक्यबद्धताको सङ्केतका रूपमा नेपालका जनतासँग मानवीय सहायता बाँड्न पाएकामा उनले खुसी व्यक्त गरे ।

विगत दुई वर्षदेखि इजरायल सरकारले कोभिड–१९ विरुद्ध लड्न नेपाललाई सहयोग गर्दै आएको छ ।

यहाँ स्थित इजरायली दूतावासले २०२० जुन महिनामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई व्यक्तिगत सुरक्षा उपकरण, मास्क, डिजिटल थर्मोमिटर, सर्जिकल ग्लोभ्स, स्यानिटाइजर, कीटाणुनाशक साधनलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस