२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हात्तीबाट जिउधनको सुरक्षा गरिदिन माग

अ+ अ-

झापा । बुद्धशान्ति गाउँपालिकाका सर्वसाधारणले जङ्गली हात्तीबाट जिउधनको सुरक्षा गरिदिन प्रशासन गुहारेका छन् । हात्ती पीडितहरूले हिजो (सोमबार) जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय झापामा सुरक्षाको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा विगत छ महिनादेखि स्थानीय आदर्श नमुना सामुदायिक वन क्षेत्रमा दिनभर बस्ने र रात परेपछि गाउँ पसेर दुःख दिने हात्तीको दिगो व्यवस्थापनसहित स्थानीयवासीको जिउधनको रक्षाको माग गरिएको छ ।

हात्तीपीडित सङ्घर्ष समिति बुद्धशान्तिले बुझाएको ज्ञापन पत्रमा जङ्गली हात्तीले हालै वडा नं १,२ र ३ मा २५० घर भत्काइदिएको र रु १२ लाख मूल्यभन्दा बढीको अन्नबाली खाइदिएको उल्लेख गरिएको छ ।

हात्तीको आक्रमण हुने त्रासले लामो समयदेखि स्थानीयवासीले रातको समयमा नसुती बस्नुपर्दा महिला तथा बालबालिकामा मनोवैज्ञानिक असर पर्न थालेको पीडितहरुले मागपत्रमा उल्लेख गरेका छन् ।

उनीहरूले स्थानीयवासीको जिउधनको सुरक्षाको प्रत्याभूति गराउन प्रभावित क्षेत्रमा सुरक्षा गस्तीको व्यवस्था गर्नुपर्ने, वन क्षेत्रको वरिपरि सोलार फेन्सिङ जडान गरी दीर्घकालीन रूपमा हात्तीलाई गाउँ प्रवेशमा रोक्नुपर्ने, बस्तीमा आउने हात्तीलाई लखेट्न पहल गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय र प्रशासनसँग माग गरेका छन् ।

समितिका सचिव सीताराम बाँस्तोलाले हात्तीले गरेको क्षतिको क्षतिपूर्ति पाउने प्रक्रिया झन्झटिलो, राहत पर्खन लामो समय लाग्ने र क्षतिको मूल्याङ्कनभन्दा कम राहत राज्यले प्रदान गर्ने प्रक्रियाले पीडित झन् पीडित हुनुपरेको बताए ।

हात्तीपीडित सङ्घर्ष समितिले जायज मागको सम्बन्धित निकायले बेवास्ता गरेमा चरणबद्ध आन्दोलनमा उत्रिने, सरोकारवाला निकायमा धर्ना दिने, तालाबन्दी गर्न बाध्य हुनुपर्ने परिस्थिति आउन नदिनसमेत ज्ञापनपत्रमा सरकारसँग आग्रह गरेको छ ।

समितिले हिजै बुद्धशान्ति गाउँपालिकाको कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, सशस्त्र प्रहरी बल, श्रीनाथ गण चारआली र राष्ट्रिय अनुसन्धान कार्यालय झापामा समेत ज्ञापन पत्र बुझाएका छन् ।

हात्ती आक्रमणबाट हिजै मात्र मेचीनगर–१३ मा एक जना वृद्धको ज्यान गएको छ । बुद्धशान्ति गाउँपालिकामा हात्तीको आक्रमणमा हालै दुई जनाले ज्यान गुमाएका छन् भने दुई जना घाइते भएको बाँस्तोलाले बताए ।

प्रतिक्रिया दिनुहोस