शिक्षक अस्पतालका लागि जग्गा उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

शिक्षक अस्पतालका लागि जग्गा उपलब्ध गराउने मन्त्रिपरिषद्को निर्णय


१७ माघ २०७८, सोमबार


काठमाडौँ । सरकारले शिक्षक अस्पतालका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अस्पताल निर्माणका लागि चितवनको भरतपुर महानगरपालिका-१५ मा २१ बिघा जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।

पूर्व सम्भाव्यता अध्ययन र जग्गा पहिचान समितिले ३०० शय्याको शिक्षक अस्पताल बनाउन भरतपुर, भक्तपुर र मकवानपुर प्रस्ताव गरेकोमा मन्त्रिपरिषद्ले भरतपुरमा जग्गा प्राप्तिका लागि सैद्धान्तिक सहमति दिएको एक मन्त्रीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस