बङ्गलादेशद्वारा क्वारेन्टाइनको समयावधि कटौती « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

बङ्गलादेशद्वारा क्वारेन्टाइनको समयावधि कटौती


१७ माघ २०७८, सोमबार


ढाका । बङ्गलादेशमा क्वारेन्टाइनको समयावधि कटौती गरिएको छ ।

स्वास्थ्य सेवा निर्देशनालयले यसअघि १४ दिन कायम गरिएको क्वारेन्टाइनको समयावधि कटौती गरेर १० दिन बनाएको हो ।

निर्देशनालयका प्रवक्ता प्रा।डा। नाज्मुल इस्लामले विज्ञहरूको सुझावका आधारमा क्वारेन्टाइन बस्ने समयावधि कटौती गरिएको स्पष्ट पारे ।

महामारी बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘कुनै व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भयो भने १० दिन मात्रै आइसोलेसनमा बस्नुपर्ने नियम बनाइएको छ ।’

दश दिनपछि लक्षणहरू देखिए पनि क्वारेन्टाइनबाट बाहिर निस्कन र कार्यालय जान पाउने उनको भनाई छ ।

यसअघि कोरोना भाइरसबाट सङ्क्रमित भएका व्यक्ति निको भएर कार्यालय फर्कँदा पिसिआरको नेगेटिभ नतिजा आएको प्रमाण देखाउनु पर्ने नियम बनाइएको थियो ।

अबदेखि भने त्यस्तो नियम लागू नहुने भएको छ । बरु कम्तीमा एक पटक चिकित्सकलाई भेट्न सुझाव दिइएको छ ।

निर्देशनालयले पछिल्लो २४ घण्टामा बङ्गलादेशमा १२ हजार १८३ जना नयाँ सङ्क्रमित भएको जनाएको छ । सोही अवधिमा अरु ३४ जनाको कोरोना भाइरसकै कारणले मृत्यु भएको छ ।

यो सङ्ख्या गत सेप्टेम्बर २२ पछिकै सबैभन्दा धेरै भएको निर्देशनालयको दाबी छ ।

स्वास्थ्य मन्त्री जाहिद मालेक्वेले मृतक र सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले उच्च स्वास्थ्य सतर्कता अपनाउन सबैलाई अनुरोध गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस