बालबालिकालाई मोडर्नाको दोस्रो मात्रा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बालबालिकालाई मोडर्नाको दोस्रो मात्रा


१७ माघ २०७८, सोमबार


बैतडी । बैतडीका बालबालिकालाई आजदेखि मोडर्ना खोपको दोस्रो मात्रा दिन सुरु गरिएको छ । बाह्रदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा दिन थालिएको हो ।

गत महिना मोडर्नाको पहिलो मात्रा लगाएका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिश भट्टले जानकारी दिए । सबै स्थानीय तहमा खोप पठाइएको छ । गत महिना ३२ हजारभन्दा बढी बालबालिकालाई मोडर्नाको पहिलो मात्रा दिइएको थियो ।

स्थानीय तहले सम्बन्धित विद्यालयसँग समन्वय गरी खोप अभियान थालेको हो । प्रत्येक स्थानीय तहका विद्यालयमै र नजिकको स्वास्थ्य संस्थामा खोप केन्द्र राखिएको छ । खोप लगाउन ३२ हजार डोजको व्यवस्था गरिएको भट्टले बताए ।

जिल्लामा हालसम्म एक लाख ४० हजार २२५ जनाले खोपको पहिलो मात्रा तथा एक लाख ६ हजार २५२ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । कोरोनाका कारण हालसम्म १९ जनाको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस