२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुटवल उपमहानगरपालिकामा सेवा सहज बनाउन पूर्वाधारण निर्माण

अ+ अ-

बुटवल । स्थानीय निकायको सेवालाई सहज र छरितो बनाउन पूर्वाधारण निर्माणमा जोड दिन थालिएको छ ।

सेवा प्रभावकारी र सहज बनाउन बुटवल उपमहानगरपालिकामा धमाधम वडा कार्यालय निर्माण र पुनः निर्माण हुन थालेको छ । बुटवलको दीपनगरमा पुनःनिर्माण र मर्मतसम्भार गरेर वडाको संरचना नयाँ स्वरुपको बनाइएको छ । वडा नं ७ को पुनः निर्माण गरिएको भवनबाट सेवा सुरु भएको छ ।

उपमहानगरका प्रमुख शिवराज सुवेदीले पुनःनिर्माण भएको भवनको शुभारम्भ गर्दै वडाबाट हुने सेवालाई सहज, छरितो र प्रभावकारी बनाउन आग्रह गरे ।

टोलस्तरबाट छलफल भएर वडास्तरका र वडाबाट छलफल भएर नगरस्तरका योजना बनेका र छलफलबाट नगरको सहरी विकास गुरुयोजना तय भएको उनको भनाइ थियो । वडाध्यक्ष कमलप्रताप थापाले आफूहरु नागरिकका लागि सेवक भएर र वडालाई सेवा केन्द्रका रुपमा विकास गरेर सेवा प्रवाह गरिरहेको र अब अझ प्रभावकारी सेवा गर्ने प्रतिवद्धता जनाए ।

करिब ३२ लाखमा सो वडा भवन पुनःनिर्माण भएर सेवा सुरु गरिएको वडाका सचिव राजु लामिछानेले जानकारी दिए । माथिल्लो ट्रससहित दुई तला, आठ कोठा तथा पार्किङसहितको उक्त नयाँ भवन साविकको दीप प्राविको खाली रहेको भवनलाई पुनः निर्माण गरी बनाइएको हो ।

त्यस्तै उपमहानगरको वडा नम्बर ८ को नयाँ भवन निर्माण प्रक्रिया सुरु भएको छ । सडक डिभिजन परिसरमा रहेका पुराना र जीर्ण कर्मचारी आवासलाई हटाएर नयाँ आवासगृह निर्माण गर्न लागिएको हो ।

त्यसका लागि जग्गा प्राप्ति भएको छ । करिब ४८ लाखमा प्रतिपरिवार चार कोठासहितको छ आवास गृह र एउटा योग हल निर्माण हुने गरी जग्गा हस्तान्तरण गरिएको वडा ८ का अध्यक्ष भीमबहादुर श्रेष्ठले जानकारी दिए ।

सहरको बीच भागमा र धेरै जनघनत्व रहेको वडाका रुपमा रहेको वडा नं ८ को व्यवस्थित र आधुनिक नयाँ भवन निर्माण हुने छ । वडा कार्यालयका लागि आवश्यक जग्गा भोगाधिकारसहित उपमहानगर मातहतमा आइसकेको बताइएको छ ।

जम्मा १९ वडा रहेको बुटवल उप महानगरपालिकामा यसअघि वडा नं १० को भवन निर्माण भएको छ र वडा नं २ को पनि पुनःनिर्माण हुने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस