बेलायतमा सबै प्रतिबन्ध हटाउने निर्णय फेब्रुअरी ११ देखि लागू हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बेलायतमा सबै प्रतिबन्ध हटाउने निर्णय फेब्रुअरी ११ देखि लागू हुने


१२ माघ २०७८, बुधबार


लण्डन । बेलायतमा कोरोनाभाइरसको महामारी न्यूनीकरणका लागि लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था हटाइने भएको छ ।

अर्को महिना फेब्रुअरी ११ देखि सबै प्रतिबन्धात्मक कार्यव्यवस्था हटाउने निर्णय लागू नै हुने अधिकारीहरूले जानकारी दिएका छन् ।

प्रतिबन्धात्मक व्यवस्था हटाइएसँगै भारतलगायतका देशबाट बेलायत प्रवेश गर्नलाई पनि अब खुल्ला हुने भएको छ । तर ती यात्रुहरूले खोपको पुरा मात्रा लगाएको हुनुपर्ने सर्त भने राखिएको छ ।

यातायात विभाग र स्वास्थ्य तथा सामाजिक सुरक्षा विभागले सूचना जारी गर्दै आगामी फेब्रुअरी ११ तारिखको बिहान ४ बजेदेखि सबै प्रतिबन्धात्मक व्यवस्थाहरु हट्ने स्पष्ट पारेको छ ।

पुरा मात्राको खोप लगाएका विदेशबाट आएका यात्रुहरुले पनि त्यो दिनदेखि आइसोलेसनमा बस्नु नपर्ने र पिसिआर परीक्षणको नतिजा देखाउनु नपर्ने सूचनामा उल्लेख गरिएको छ ।

त्यसै गरी १२ वर्षदेखि १५ वर्षसम्मका बालबालिकाहरुलाई भने इङ्गल्याण्डमा हिँडडुल गर्नका लागि खोप लगाएको प्रमाण देखाउनु पर्ने व्यवस्था गरिएको छ ।

यात्रासम्बन्धी धेरै नीति फेब्रुअरीदेखि परिवर्तन हुने भएको छ । यही बेलामा सरकारले सबैलाई अतिरिक्त खोपको व्यवस्था गर्ने लक्ष्य राखेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस