पाकिस्तान भ्रष्टाचारको सूचीमा थप १६ देश पछाडि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पाकिस्तान भ्रष्टाचारको सूचीमा थप १६ देश पछाडि


१२ माघ २०७८, बुधबार


इस्लामावाद । भ्रष्टाचारसम्बन्धी सूचकाङ्क मापनका आधारमा पाकिस्तान अघिल्लो वर्षभन्दा थप १६ देश पछाडि परेको छ ।

विश्वभरिका १८० देशहरुको सूची प्रकाशित भएकोमा पाकिस्तान १४० औँ क्रम सङ्ख्यामा परेको हो ।

ट्रन्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको सन् २०२१ को अध्ययन प्रतिवेदनमा पाकिस्तानमा भ्रष्टाचार पहिलाभन्दा बढेको उल्लेख गरिएको छ ।

ट्रन्सपरेन्सीले विभिन्न मापदण्ड बनाएर स्वतन्त्रपूर्वक ती सबै देशमा अध्ययन गरेर हरेक वर्ष विश्वभरि एकैचोटी प्रतिवेदन सार्वजनिक गर्ने गर्दछ ।

भ्रष्टाचार थप बढेको देखिएपछि पाकिस्तानका विपक्षी दलहरूले सरकारको थप आलोचना गरेका छन् । उनीहरूले प्रधानमन्त्री इमरान खान नै यसको मुख्य दोषी भएको आरोप पनि लगाएका छन् ।

‘पाकिस्तानको सरकार भ्रष्टाचारमा कति लागेको छ भन्ने कुरा अन्तर्राष्ट्रिय यस संस्थाको प्रतिवेदनले पनि प्रमाणित गरेको छ,’ विपक्षी दल पिएमए–एनले भनेको छ ।

विपक्षी दलका नेताहरूले अहिलेको सरकारलाई एक दिनपनि निरन्तरता दिन नहुने र जति ढिला भयो, त्यति मुलुकलाई क्षति हुने दाबी गरेका छन् । अहिलेको सरकारलाई तत्काल विघटन गराउनु पर्ने उनीहरूको माग छ ।

कानुनी शासनको उलङ्घनलगायतका कारणले भ्रष्टाचार बढिरहेको उनीहरूको आरोप छ ।

अघिल्लो वर्ष १८० देशमध्येबाट १२४ औ क्रममा रहेको पाकिस्तान अहिले १८० मध्येमै १४० औ क्रममा पुग्नु साह्रै चिन्ताको अवस्था भएको विपक्षीहरूको भनाई छ । भारत र बंलादेशको आफ्नो अवस्थालाई यथावत् राख्न सक्ने तर पाकिस्तानले किन सक्दैन भन्दै खान सरकारसँग जवाफ मागेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस