२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनगढी उपमहानगरपालिका र नेस्पोबिच सात बुँदे सम्झौता

अ+ अ-

धनगढी । धनगढी उपमहानगरपालिका र नेपाल स्पोर्टस् रिसर्च एन्ड प्रमोसन फाउन्डेसन(नेस्पो)बिच सम्झौता भएको छ ।

उपमहानगरपालिकाद्वारा पालिका क्षेत्रमा सञ्चालित विविध खेल गतिबिधिहरुलाई थप व्यवस्थित तथा शिक्षामूलक तवरले अगाडी बढाउन ७ बुँदे सम्झौता गरिएको हो ।

सम्झौता पत्रमा उपमहानगरका तर्फबाट नगर प्रमुख नृप बहादुर वड र नेस्पोका तर्फबाट अध्यक्ष साम्राज्य विक्रम पाँडेले आइतबार एक कार्यक्रममा बिच हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार खेल क्षेत्रका अनुभवी तथा खेल विज्ञानका विज्ञहरू सम्मिलित निजी क्षेत्रको गैर नाफामूलक संस्था नेस्पोले पालिकाका लागि सम्भावित खेल र प्रतिभाशाली खेलाडी पहिचान गर्न सघाउने भएको छ ।

यसैगरी पालिकाको स्रोत व्यवस्था अनुसार वैदेशिक खेल प्रशिक्षकको व्यवस्थाका लागि समन्वयकारी भूमिका बहन गर्ने, बेला बेलामा विभिन्न खेल विज्ञहरू सम्मिलित गोष्ठी, वर्कसपलगायत कार्यक्रम तथा नगरको खेल क्षेत्रको पूर्वाधार विकासका लागि गुरुयोजना लगायत विकासमा सहकार्य गर्ने छ ।

साथै उत्कृष्ट खेलाडी र प्रशिक्षकहरूलाई वैदेशिक प्रशिक्षणको व्यवस्थाका साथै पालिकाले अवलम्बन गर्ने खेलकुद सम्बन्धी योजनाहरूलाई सफल पार्न सघाउने र वैदेशिक संघसंस्थाहरुसँग पालिकाको सम्बन्ध गाँस्न नेस्पोले समन्वयकारी भूमिका वहन गर्ने भएको छ ।

नगर क्षेत्रको खेल विकासका लागि देखाएको चासो र सहकार्यका लागि नगरप्रमुख वडले नेस्पोप्रति आभार व्यक्त गरेका छन् भने नेस्पोका तर्फबाट अध्यक्ष पाँडेले खेलकुद क्षेत्रमा नगरले देखाएको चासोका लागि खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस