२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्पतालका सेवा सञ्चालन गर्नै मुस्किल

अ+ अ-

चितवन । यहाँका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोनाको सङ्क्रमण तीव्र बढेपछि अस्पतालको सेवा प्रभावित हुन थालेको छ । भरतपुर अस्पतालले जिओपिडि र नियमित शल्यक्रिया सेवा आजदेखि बन्द गरेको छ ।

शुक्रबारसम्म अस्पतालमा ११ चिकित्सकसहित ७७ स्वास्थ्यकर्मी तथा कर्मचारी सङ्क्रमित भइसकेका छन् । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा. कृष्णप्रसाद पौडेलका अनुसार जिओपिडि हेर्ने चिकित्सकले कोभिडका बिरामी हेर्नुपर्ने भएकाले तत्कालका लागि सेवा बन्द गरिएको हो । अस्पतालले बहिरङ्ग सेवामा चाप घटाउन बिहान ८ः३० बजेबाट जिओपिडि सञ्चालन गरेको थियो ।

छिटो अस्पताल आउने बिरामीका लागि लामो समय कुर्नुपर्ने बाध्यतासमेत हटेको थियो । यस्तै पछि शल्यक्रिया गर्न मिल्ने बिरामीको शल्यक्रिया पनि तत्कालका लागि रोकिएको हो । यसबाट बिरामीलाई समस्या नपर्ने पौडेलको भनाइ छ । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार परीक्षण नगरिएका धेरै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमा पनि सङ्क्रमणको लक्षण देखिएका छन् ।

दैनिक यो सङ्ख्या बढ्दो छ । अन्य विभागमा पनि जनशक्तिको समस्या भए पनि आलोपालो गरेर व्यवस्थापन गरिएको उनले बताए । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा पनि ठुलो सङ्ख्यामा चिकित्सक तथा स्वास्थ्यकर्मी कोरोनाबाट प्रभावित भएका छन् ।

अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार नौ चिकित्सक, ६६ स्टाफ नर्ससहित १३६ स्वास्थ्यकर्मी, कर्मचारी सङ्क्रमित भएका छन् । अस्पतालमा धेरै चिकित्सक, स्वास्थ्यकर्मी सङ्क्रमित हुँदा सेवा नरोकिएको भए पनि पहिले झैँ सञ्चालन गर्न नसकिएको उनले बताए।

स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीले स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी सङ्क्रमित हुने दर बढ्दै गएको भन्दै खोप सेवा प्रभावित हुनसक्ने बताए। उनले भने, ‘सङ्क्रमित हुने क्रम बढ्यो, नियमित सेवासँगै खोपमा काम गर्ने जनशक्ति अभाव हुन थालेको छ ।’

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी यही ढङ्गले सङ्क्रमित बढ्दै गयो भने सामान्य अवस्थाका सङ्क्रमित चिकित्सक स्वास्थ्यकर्मीले सङ्क्रमित बिरामीलाई उपचार गर्नुपर्ने अवस्था आउने बताउँछन्। उनले भने, ‘सबै सङ्क्रमित भए भने गर्न सक्नेले उपचार त गर्नै पर्‍यो नि ।’

चितवन मेडिकल कलेजमा अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले अस्पतालका चिकित्सक स्वास्थ्यकर्मी आधा सङ्क्रमित भइसकेको बताए । उनले भने, ‘सामान्य लक्षण भएर चिकित्सक स्वास्थ्यकर्मी काम गरिरहेका छन्, परीक्षण गर्‍यो भने उनीहरुलाई पनि सङ्क्रमण देखिन सक्छ ।’ यस्तै अवस्था रहेमा सङ्क्रमितले सङ्क्रमितको उपचार गर्नुको विकल्प नहुने उनको भनाइ छ ।

छोटो समयमै निको भएकाले ठुलो जटिल अवस्था नआउनेमा आफूहरु ढुक्क रहेको न्यौपाने बताउँछन् । जिल्लामा सङ्क्रमितको सङ्ख्या दुई हजार ७३६ जना पुगेको छ । त्यसमध्ये ४७ जनाको अस्पतालमा उपचार भइरहेको छ भने बाँकी घरकै आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस