इन्डोनेसियाको उत्तरी सुलावेसीमा ६.१ म्याग्निच्युडको भूकम्प « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

इन्डोनेसियाको उत्तरी सुलावेसीमा ६.१ म्याग्निच्युडको भूकम्प


८ माघ २०७८, शनिबार


जकार्ता । इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्पको असर बारे विस्तृत विवरण आउँन बाँकी छ । भूकम्पले सम्भावित सुनामीको त्रास भने नदेखिएको मौसम विज्ञान र भूभौतिकी एजेन्सीले जनाएको छ।

जकार्ता समय (०२२६) बिहान ९:२६ मा भूकम्प गएको थियो जसको केन्द्रबिन्दु तलाउड जिल्लाको मेलोन्गुआने सहरबाट ३९ किलोमिटर दक्षिणपूर्वमा र समुद्रको तल १२ किलोमिटर तल रहेको एजेन्सीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस