२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमावर्ती क्षेत्रमा हुने अवैध कार्य रोक्न प्रहरी सक्रियता

अ+ अ-

राँझा । नेपाल–भारत सीमावर्ती क्षेत्रमा हुने अवैध कार्य रोक्न बाँके प्रहरीले सक्रियता देखाएको छ ।

पछिल्लो छ महिनामा बाँके प्रहरीले भन्सार चोरी पैठारी रोकथाममा सक्रियता देखाइ चार करोड ३६ लाख २६ हजार बढी राजस्व सङ्कलन गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

उनकाअनुसार प्रहरीले यो अवधिमा भन्सार चोरी पैठारीमा २७, भारतबाट अवैधरुपमा ल्याइएका बोइलर कुखुरा, चल्ला, मासु र माछामा सात जनालाई पक्राउ गरी कार्वाही गरेको छ ।

भन्सार चोरी पैठारीबाहेक अन्य अवैध कारोवार रोकथाम गर्न पनि प्रहरीले सक्रियता बढाउँदै गएको छ । प्रहरीले सुन तस्करीमा दुई जना, जुवातासमा ६१ जना, ट्राफिक नियम उल्लङ्घनमा २० हजार ५३५ सवारी साधन र सवारी साधन चोरीमा १७ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

बाँके प्रहरीले पछिल्लो छ महिनामा भन्सार चोरी पैठारीबाट चार करोड ३६ लाख २६ हजार ६०८, सुन तस्कर कारबाहीबाट तीन करोड १३ लाख ९७ हजार ६७५, ट्राफिक कारबाहीबाट एक करोड १२ लाख ३४ हजार ५०० र नदीजन्य पदार्थ उत्खननबाट तीन लाख ३० हजार गरी राजस्व सङ्कलन भएको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

जुवातास कारबाहीबाट नौ लाख ५१ हजार ६१०, काठ तस्कर कारबाहीबाट छ लाख ५३ हजार ९००, क्वारेन्टिन नगराइएका कुखुरा तथा माछा मासुबाट २० लाख र फरार अभियुक्तबाट असुल जरिवाना ३७ लाख ९९ हजार ५१४ गरी नौ करोड ३९ लाख ९३ हजार ८०७ असुली भएको उनको भनाइ छ ।

प्रहरीले गत वर्ष यो अवधिमा दुई करोड ७५ लाख ३४ हजार ७३८ राजस्व सङ्कलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस