अस्ट्रियामा सबैलाई खोप अनिवार्य गरिने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

अस्ट्रियामा सबैलाई खोप अनिवार्य गरिने


७ माघ २०७८, शुक्रबार


भियना । अस्ट्रियामा कोरोनाभाइरस विरुद्धको खोप लगाउन मिल्ने समूहका सबैलाई खोप अनिवार्य गर्ने कानुन बन्न लागेको छ ।

आगामी महिनादेखि लागु हुने गरी बिहीबार यस्तो कानुन संसदबाट पारित गर्न लागिएको अधिकारीहरुले जनाएका छन् ।

योसँगै खोप लगाउन मिल्ने समूहलाई खोप अनिवार्य गर्ने पहिलो युरोपेली देश अस्ट्रिया नै बन्ने भएको छ ।

कोरोनाभाइरसविरुद्ध लड्नका लागि सबैभन्दा प्रभावकारी र भरपर्दो उपाय नै खोप भएकाले त्यसलाई अनिवार्य गर्नुपर्ने पक्षमा सबै पार्टीका सांसदहरु रहेको दाबी गरिएको छ ।

भाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या दिनप्रति दिन बढ्दै गएकाले संसदले पनि यस कानुनलाई पारित गर्ने अपेक्षा गरिएको छ ।

तर कतिपयले भने अनिवार्य खोपको व्यवस्था गर्नु व्यक्तिगत स्वतन्त्रता विपरीत हुने भन्दै विरोध प्रदर्शन गरिरहेका छन् ।

पछिल्लो सरकारी विवरण अनुसार अस्ट्रियाका खोप लगाउन योग्य कुल जनसङ्ख्या मध्ये ७२ प्रतिशतले कोरोनाभाइरस विरुद्धको पुरै खोप लगाइसकेका छन् ।

कानुन पारित भएपछि निश्चित समयसम्म सरकारले स्वेच्छाले खोप लगाउन आह्वान गर्ने र मध्य मार्चपछि खोपविरुद्ध अफवाह फैलाउनेलाई प्रतिव्यक्ति चार हजार ८४ अमेरिकी डलर बराबरको जरिवाना गरिने पनि बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस