काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक शुक्रवार(भोलि) ४ बजे बस्ने भएको छ ।
आज बालुवाटारमा प्रधानमन्त्री, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र एकीकृत समाजवादीका संयोजक माधवकुमार नेपालबिच भएको भेटवार्ताले गठबन्धनको बैठक बस्ने निर्णय गरेको हो ।
कोरोना सङ्क्रमण भएपछि एकीकृत समाजवादीका संयोजक माधवकुमार नेपाल केही दिनदेखि होम आइसोलेसनमा बसेका थिए ।