भन्सार छलीका सामानसहित ट्रक र चालक नियन्त्रणमा « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

भन्सार छलीका सामानसहित ट्रक र चालक नियन्त्रणमा


६ माघ २०७८, बिहिबार


वीरगञ्ज । पर्साको वीरगञ्जबाट ५० लाखमूल्य बराबरको भन्सार छलीका सामानसहित प्रहरीले मालबाहक ट्रक र चालक नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिइएको ट्रक र चालकलाई प्रहरीले आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गोप्य सूचनाका आधारमा खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं ८ माइस्थानस्थित सडकखण्डबाट प्र–२–०३–००१ ख ३६८९ नं ट्रक नियन्त्रणमा लिइएको थियो ।

बिल बिजक भन्दा बढी खुद्रा वस्तुहरु तथा हार्डवेयर पार्टस लोड गरी काठमाण्डौँ जाँदै गरेको उक्त मालबाहक ट्रकलाई नियन्त्रणमा लिएर थप कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पठाइएको हो ।

ट्रक चालक वीरगञ्ज–२ छपकैया बस्ने ३२ वर्षका रौफ आलमलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस