आयल निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

आयल निगमले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य


५ माघ २०७८, बुधबार


काठमाडौँ । आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल र डिजेल/मटितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो ।

यससँगै अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल/मटितेल १२२ रुपैयाँ पुगेको छ । 

आन्तरिक हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरी प्रति लिटर १०६ रुपैयाँ कायम गरिएको छ ।

अन्तर्राष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी ९९५ अमेरिकी डलर कायम गर्ने निर्णय गरिएको निगमले जनाएको छ ।

पछिल्लो पटक मिति २०७८ कात्तिक २४ गते मूल्य समायोजन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस