इन्डोनेसियाको केन्द्रीय राजधानी सार्ने कानुन संसदबाट पारित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

इन्डोनेसियाको केन्द्रीय राजधानी सार्ने कानुन संसदबाट पारित


५ माघ २०७८, बुधबार


जाकार्ता । इन्डोनेसियाको केन्द्रीय राजधानी सर्ने कानुन संसदबाट पारित भएको छ । जाकार्तामा रहेको अहिलेको राजधानी सारेर कालिमान्तान टापुको नुसान्तरामा लैजाने कानुन संसदबाट मङ्गलबार पारित भएको हो ।

यसलाई राष्ट्रपति जोको विडोडोको कार्यकालको महत्त्वपूर्ण उपलब्धिको रुपमा दाबी गरिएको समाचारमा जनाइएको छ । इन्डोनेसियाको राजधानी सार्ने विषय पहिलेदेखि नै मुख्य चुनावी एजेन्डा र मुख्य योजनाका रुपमा रहँदै आएको थियो ।

राजधानी सर्नेसम्बन्धी अवधारणा विगतमा केही पूर्व राष्ट्रपतिहरुले पनि उठाउँदै आएका थिए । जाकार्ताको जनसङ्ख्या अत्यधिक धेरै हुनु, जमिनको अभाव हुनुलगायतका कारणले राजधानी सार्नुपर्ने आवाज उठेको थियो ।

राजधानी सार्न थालिएको ठाउँ नुसान्तारा सहर झन्डै दुई लाख ५६ हजार हेक्टर क्षेत्रफलमा फैलिन्छ । यो ठाउँको छनौट भने पूर्व राष्ट्रपति जोकोवीले छनौट गरेको राष्ट्रिय विकास तथा योजनामन्त्री सुहार्सो मोनोअर्राफले जानकारी दिए।

इन्डोनेसियामा आफैमा विश्वको चौथो धेरै जनसङ्ख्या भएको मुलुक हो । इन्डोनेसियामा अहिले २७ करोड भन्दा बढी जनसङ्ख्या रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस