प्रदेश २ को नाम मधेस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश २ को नाम मधेस


३ माघ २०७८, सोमबार


जनकपुर । प्रदेश २ को नाम मधेस राखिएको छ । सोमबार बसेको प्रदेश सभा बैठकको दुई तिहाइ बहुमतले मधेस प्रदेश राख्ने प्रस्ताव पास गरेको हो ।

सोमबार बसेको दोस्रो बैठकमा भएको मतदानमा ९९ सांसद सहभागी रहेकोमा ८० जनाले पक्षमा मत दिएका थिए ।

यसअघि ३ चैत २०७६ मा मतदान भए पनि प्रदेशको नामकरण हुन सकेको थिएन ।

प्रदेश सभाले स्थायी राजधानी जनकपुर टुङ्गो लगाएको छ । पहिलो बैठकमा भएको मतदानमा ७८ जनाले जनकपुरको पक्षमा मत दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस