पशु प्रजनन तथा स्वास्थ्य नीति र बर्डफ्लू नियन्त्रण नियमावली स्वीकृत « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पशु प्रजनन तथा स्वास्थ्य नीति र बर्डफ्लू नियन्त्रण नियमावली स्वीकृत


२ माघ २०७८, आइतबार


काठमाडौँ । पशु प्रजनन, पशु स्वास्थ्य र बर्डफ्लू नियन्त्रणसम्बन्धी तीन वटा कानुन स्वीकृत भएको छ ।

पुस ३० गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पशु प्रजनन नीति २०७८, राष्ट्रिय पशु स्वास्थ्य नीति २०७८ र बर्डफ्लू नियन्त्रण नियमावली २०७८ स्वीकृत गरेको हो ।

पशु विकासको क्षेत्रको पशु प्रजननका क्षेत्रमा विभिन्न तहबाट काम भए पनि व्यवस्थित गर्न कानुन र नियमावली नभएको अवस्थामा २०५७ सालदेखि थालिएको प्रयासले करिब तीन दशकपछि सार्थकता पाएको हो । 

पशु प्रजनन सम्बन्धी नीतिले प्रजननको क्षेत्रमा जात, त्यसको हाइब्रिड विकास, मूल्य लगायतको विषय समेट्ने छ भने प्रजनन नीतिले पनि पशु ब्रिडिङलाई थप व्यवस्थित गर्नेछ । 

बर्डफ्लू नियन्त्रण नीतिगत अस्पष्टतालाई व्यवस्थित गर्ने गरी बर्डफ्लू नियन्त्रण नियमावली पनि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस