१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टाइगर कप भलिबल: पुरुषतर्फ आर्मी र महिलातर्फ एपिएफलाई उपाधि

अ+ अ-

कास्की । पोखरामा सञ्चालन भएको दोस्रो संस्करणको ‘टाइगर कप आमन्त्रित खुला महिला तथा पुरुष भलिबल’ प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ सशस्त्र प्रहरीको एपिएफ क्लबले उपाधि जितेका छन् ।

टाइगर ग्रुप अफ पोखराका आयोजनामा यही पुस २६ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा पुरुषतर्फ आर्मीले टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबमाथि ३–१ को सेटमा जीत निकाल्दै च्याम्पियन बन्न सफल भएको हो ।

उपाधि विजेता आर्मीले तीन लाखसहित ट्रफी र मेडल प्राप्त गर्न सफल भयो भने उपविजेता टिपटपले एक लाख ५० हजारसहित ट्रफी र मेडल प्राप्त गरेको छ । आर्मीले टिपटपलाई २५–१८, २४–२६, २५–१८ र २५–१९ अङ्कले पराजित गरेको हो ।

महिलातर्फको उपाधिका लागि दुई विभागीय टोलीबीचको खेलमा एपिएफले नेपाल आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।

एपिएफले आर्मीलाई २५–२३, २५–१५ र २५–२० को सोझो सेटमा पराजित गर्न सफल भयो । उपाधि विजेता एपिएफले तीन लाखसहित ट्रफी र उपविजेता आर्मीले एक लाख ५० हजार पुरस्कार पायो ।

प्रतियोगितामा महिलातर्फ होङ्गान्जी न्यू डायमन्ड स्पोर्ट्स क्लब ७५ हजार तथा चौथो भएको पुलिसले ३५ हजार पुरस्कार प्राप्त गर्न सफल भयो । पुरुषतर्फ नेपाल पुलिस तृतीय र आयोजक गण्डकी प्रदेश चौथौ स्थान प्राप्त गरी क्रमशः ७५ हजार र ३५ हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पुरुषतर्फ आर्मीका दानबहादुर बुढा क्षेत्री र महिलातर्फ एपिएफका सरस्वती चौधरी घोषित हुँदै जनही २५ हजार पुरस्कार पाए । विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि नगदसहित पुरस्कृत गरिएको थियो ।

महिलातर्फ उत्कृष्ट सर्भर एपिएफका निरुता ठगुन्ना, सेटर आर्मीका कृपा अधिकारी, ब्लकर एपिएफका हीरा केसी, लिब्रो न्यू डायमण्डका शलिना श्रेष्ठ, स्पाइकरमा आर्मीका शान्तिकुमारी थारू र प्रशिक्षकमा एपिएफका महेश चौधरी घोषित हुँदै जनही १० हजार पुरस्कार प्राप्त गरे ।

यसैगरी पुरुषतर्फ उत्कृष्ट सेटर नेपाल प्रहरीका इमबहादुर राना, सर्भर आर्मीका हरिहजुर थापा, ब्लकर टिपटपका अमित गुलिया, लिब्रो आर्मीका ईश्वर थापा, स्पाइकर टिपटपका विनितकुमार चौधरी र प्रशिक्षक आर्मीका जगतबहादुर सिंह घोषित हुँदै जनही १० हजारका दरले पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ पाँच–पाँच वटा टोली गरी १० टोलीको सहभागिता रहेको थियो ।

प्रतियोगिताको विजयी टोली तथा सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट खेलाडीलाई गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमण शर्मा, साउद एशियन सेन्टर भलिबल एशोसिएशनका अध्यक्ष मोहम्मद लतिफ, नेपाल भलिबल सङ्घका महासचिव जितेन्द्रबहादुर चन्द, राखेप बोर्ड सदस्य राजेशकुमार गुरुङ, आयोजक टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्मालगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस