कजाकिस्तानबाट १८ रुसी विमानले शान्ति सैनिकलाई फिर्ता ल्याउने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

कजाकिस्तानबाट १८ रुसी विमानले शान्ति सैनिकलाई फिर्ता ल्याउने


१ माघ २०७८, शनिबार


मस्को । कम्तिमा १८ विमानहरूले शनिबार सामूहिक सुरक्षा सन्धि संगठन (CSTO) मिसनका रूसी शान्ति सैनिकहरू र सैन्य सवारी साधनहरू रुसको मस्को क्षेत्र र इभानु क्षेत्रमा पठाउने रुसी रक्षा मन्त्रालयले जनाएको छ।

‘आज, १५ –७६ र तीन एन–१२४ रूसी सैन्य यातायात विमानहरूले इभानोभो र मस्को क्षेत्रका एयरफिल्डहरूमा CSTO सामूहिक शान्ति सेनाका कार्यहरू पूरा गर्ने एयरबोर्न इकाइहरूको कर्मचारी र सवारी साधनहरू पठाउनेछन्।’ मन्त्रालयले जनाएको छ ।

त्यसपछि एकाइहरू उनीहरूको स्थायी तैनाथी ठाउँहरूमा रहनेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस