बुटवल । लुम्बिनी प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रवार एक सूचना जारी गरी माघे सङ्क्रान्तिको अवसरमा आइतबार प्रदेशभर सार्वजनिक बिदा दिइएको जनाएको छ ।
यसअघिको सरकारले पनि माघी एवं माघे सङ्क्रान्तिको अवसरमा दुई दिन बिदा दिँदै आएको थियो । माघ १ गते शनिवार स्वतः बिदा भएकाले आइतबार एक दिन बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ ।
