२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वृहत् आर्थिक परिसूचकको सुधारमा विशेष पहल गर्नुपर्छ: मुख्यमन्त्री पोखरेल

अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशले आफ्नो आर्थिक क्षमता अनुसार प्रगति गर्न नसकेका अवस्थामा वृहत् आर्थिक परिसूचकको सुधारमा विशेष पहल गर्नुपर्ने बताएका छन् ।

प्रदेश विकास समस्या समाधान समितिको बैठक एवं चालु आर्थिक वर्षको प्रथम चौमासिक प्रगति समीक्षा बैठकमा आज उनले विकासको विशिष्ट सम्भावना बोकेको भए पनि देशको कूल गार्हस्थ्य उत्पादनमा ८.७ प्रतिशत मात्र योगदान रहनुले प्रदेशको अवस्था कमजोर रहेको देखाएको छ भने ।

मुख्यमन्त्री पोखरेलले अधिकांश सामाजिक सूचक राम्रो रहेको भएपनि जिडिपिमा योगदान कम भएकाले यसमा सुधार हुनुपर्ने उल्लेख गर्दै प्रदेशले १०.२ प्रतिशतको औसत आर्थिक वृद्धिको लक्ष्य लिएको र यसका लागि रु १० खर्ब १२ अर्ब लगानी गर्नुपर्ने प्रक्षेपण गरिएको बताए ।

‘यसमा ६४.४ प्रतिशत निजी क्षेत्रको लगानी आउने अपेक्षा गरिएको छ’, उनले भने, ‘निजी क्षेत्रमैत्री नीति तथा कार्यक्रम र कार्यशैली निर्माण गर्नु आवश्यक रहेको छ ।’

मुख्यमन्त्री पोखरेलले पहिलो चौमासिकमा भएको खर्च प्रगति सन्तोषजनक नरहेको बताउँदै वर्षभर कार्यान्वयन गर्ने योजना तथा कार्यक्रमको तयारी पूरा गर्ने र दोस्रो चौमासिकदेखि त्यसको प्रभावकारी कार्यान्वयन गर्ने नै हो, तर गएको पहिलो चौमासिकमा हामीले गरेको खर्च र प्राप्त गरेको भौतिक प्रगतिले आगामी दिनमा थप मेहनत गर्न नसक्ने हो भने निर्धारित कार्यक्रम सम्पन्न हुने देखिँदैन भने ।

उनले विगतमा जस्तै सम्पूर्ण जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, आम नागरिक सबैले योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सहयोग गर्न आग्रह गर्दै नागरिकको जीवनमा सहजता ल्याउने, सामाजिक र आर्थिक अवस्थामा सुधार गर्ने र भौतिक सर–सुविधामा स्तरोन्नति गर्न धेरै मेहनत गर्नुपर्ने आवश्यकता औँल्याए ।

मुख्यमन्त्री पोखरेलले प्रदेशमा नागरिकको अपेक्षा र विकासको आवश्यकता पूरा गर्नका लागि सरकार निरन्तर रुपमा लाग्दै आएको उल्लेख गर्दै स्वास्थ्य सुविधाको उचित व्यवस्था र कोभिड विरुद्धको खोपको व्यवस्थित प्रबन्धले कोरोनाको प्रभाव घट्दै गएको अवस्थामा फेरि अनायस फैलिएको तेस्रो लहरले हाम्रा आर्थिक र सामाजिक जनजीवन थप जोखिममा पर्ने सङ्केत देखिएको बताए ।

मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न गरी योजना तथा कार्यक्रम कार्यान्वयनको समीक्षा, प्राप्त भएका मुख्य उपलब्धि, विकासमा देखिएका अवरोधको पहिचान र त्यसका निकासका उपाय यकिन गर्न यो बैठक गरिएको उनले जानकारी दिए ।

मुख्यमन्त्री पोखरेलले जनताको उच्च विकास चाहना सीमित स्रोतसाधनले पूरा गर्नुपरेको अवस्थामा विश्व महामारीले सिर्जना गरेको विषम् परिस्थितिको सामना गर्दै पूर्व निर्धारित कार्यक्रम समयमा नै सम्पन्न गरेर नागरिकको जीवनलाई सहज बनाउन प्रदेश सरकार लागिरहेको बताए ।

उनले नेपाल सरकार र स्थानीय तहसँग प्रभावकारी सहकार्य गर्दै विकासलाई तीव्रता दिन सरकार प्रयत्नरत रहने बताउँदै बैठकबाट आफ्नो अवस्थाको पहिचान गरी विकासमा देखिएका अवरोध हटाउन सामूहिक प्रतिबद्धताको खाँचो रहेको बताए ।

प्रतिक्रिया दिनुहोस