केन्द्रीय सहकारी सङ्घको साधारण सभा रोक्न अदालतको आदेश « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

केन्द्रीय सहकारी सङ्घको साधारण सभा रोक्न अदालतको आदेश


२८ पुस २०७८, बुधबार


ललितपुर । जिल्ला अदालत ललितपुरले नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी सङ्घ लिमिटेडको ९औँ साधारण सभा स्थगित गर्न आदेश दिएको छ ।

सङ्घका सचिव माधवप्रसाद तिमल्सिनाले उपाध्यक्ष र केही पदाधिकारीहरूको बैठकले गरेको निर्णयको हवाला दिँदै २९ गते साधारण सभा गर्ने घोषणा गरेका थिए । उनले बुधवार बिहान पत्रकार सम्मेलन आयोजना गरी साधारण सभा गर्ने बताएका थिए ।

सङ्घको नियम विपरीत साधारण सभा आयोजना गर्न लागेको भन्दै परेको निवेदनको सुनुवाइ पछि जिल्ला अदालतले साधारण सभा नगर्नु नगराउनु र यथास्थितिमा राख्नु भनी अन्तरिम आदेश दिएको हो । आदेशपछि एउटा समूहले गर्ने भनिएको साधारण सभा स्थगित भएको छ ।

साधारण सभामा २८ वटा थप संस्थालाई सहभागी गराउने विषयमा सहकारी विभागमा उजुरी परेको थियो ।

विभागमा परेको उजुरीमाथि निर्णय नभएको र सदस्य सङ्ख्या नै विवादित भएको भन्दै न्यायाधीश चुरामन खड्काको इजलासले स्थगित गर्न आदेश दिएको हो । आदेशमा कोभिडको विषय पनि समावेश छ ।

Tags :
प्रतिक्रिया दिनुहोस