शुक्लाफाँटामा नगर अस्पताल निर्माण सुरु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

शुक्लाफाँटामा नगर अस्पताल निर्माण सुरु


२८ पुस २०७८, बुधबार


कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–४ असैनामा नगर अस्पताल भवन निर्माणको कार्य सुरु गरिएको छ । दस शय्याको नगर अस्पताल भवन निर्माणको कार्य सुरु गरिएको हो ।

नगरपालिकाका इन्जिनियर दीपक धामीका अनुसार रु ६ करोड २४ लाखको लागतमा ठेक्का प्रक्रियामार्फत अस्पताल भवन निर्माणको काम अगाडि बढाइएको छ । एमके विल्डर्स र निरज कन्स्ट्रक्सनसँग अस्पताल भवन निर्माणका लागि सम्झौता गरिएको छ ।

‘भवन निर्माणका लागि कूल बजेट रु १० करोड ८३ लाख रहेको थियो’, उनले भने, ‘घटाघटीमा निर्माण कम्पनीले रु ६ करोड २४ लाखमा ठेक्का सम्झौता गरी निर्माण कार्य अगाडि बढाएको छ ।’

भवन निर्माणका लागि फाउन्डेसन राख्ने कार्य पूरा हुन लागेको छ । उनका अनुसार दुई वर्षभित्र भवन निर्माण सक्नुपर्ने सम्झौता रहेको छ । सोहीअनुरुप कार्य भइरहेको छ । अस्पतालमा ठेक्का सम्झौताअनुसार पाले घर, स्वास्थ्यकर्मी बस्ने आवास, पर्खाल, शौचालय र गेट निर्माण हुनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस