‘संसद् अवरुद्ध हुँदा राष्ट्रिय महत्त्वका विषय ओझेलमा परे’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘संसद् अवरुद्ध हुँदा राष्ट्रिय महत्त्वका विषय ओझेलमा परे’


२६ पुस २०७८, सोमबार


ताप्लेजुङ । नेपाली काँग्रेसका सह महामन्त्री भीष्मराज आङ्देम्बेले लामो समयदेखि संसद् अवरुद्ध भइरहेकाले कतिपय महत्त्वपूर्ण काम अघि बढ्न नसकेको बताएका छन् ।

उनले संसद् अवरुद्ध हुँदा केही महत्त्वपूर्ण विधेयक पारित हुन नसकेका साथै विकास निर्माणका विषय पनि ओझेलमा परेको बताए ।

नेपाल पत्रकार महासङ्घले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सङ्घीय संसद्मार्फत सम्बोधन हुनुपर्ने प्रदेश र स्थानीय तहको विकास निर्माणका कार्यमा समेत अवरोध भइरहेको उल्लेख गरे ।

यस्तै पछिल्लो पटक देखिएको कोभिडको नयाँ भेरियन्ट नियन्त्रण तथा व्यवस्थापनका लागि समेत संसद् अवरुद्ध हुँदा कठिनाइ सिर्जना हुने अवस्था निम्तिएको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस