२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतमा २४ घण्टामा १ लाख ४१ हजारभन्दा बढीमा काेराेना संक्रमण पुष्टि

अ+ अ-

नयाँदिल्ली । कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण तीव्र बन्दै गएपछि भारतमा एकै दिन एक लाख ४१ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा १ लाख ४१ हजार ९ सय ८६ जना संक्रमण पुष्टि भएको हो ।

यो संख्या अघिल्लो दिनको तुलनामा २१ प्रतिशत बढी हो ।योसँगै भारतमा हालसम्म संक्रमित हुनेको संख्या ३ करोड ५० लाख नाघेको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा थप २ सय ८५ जनाको संक्रमणका कारण मृत्यु भएको छ । यससँगै भारतमा कोभिडका कारण ज्यान गुमाउनेको संख्या ४ लाख ८७ हजार २ सय ९१ पुगेको छ । भारतभर हाल ३ लाख ८६ हजार ५ सय एक जना संक्रिय संक्रमित छन् ।

मन्त्रालयले पछिल्लो २४ घण्टामा ४० हजार ८ सय ९५ जना निको भएको जनाएको छ । सन् २०२१ को जनवरी १६ बाट कोभिडविरुद्धको खोप अभियान सुरु गरेको भारतले १ अर्ब ५० करोड ६७ लाखभन्दा बढी डोज खोप लगाइसकेको जनाइएको छ ।

यसैबीच, भारतमा नयाँ भेरिएन्टबाट पहिलो पटक एक जनाको मृत्यु भएको सरकारले पुष्टि गरेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले राजस्थानमा ७४ वर्षीय एक पुरुषको ओमिक्रोन संक्रमणका कारण ज्यान गएको जनाएको हो । मधुमेहका रोगी उनको केही दिनदेखि उपचार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस