१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय भेट्रान्स कप फुटबल: चितवन र हेटौँडा विजयी

अ+ अ-

नवलपुर । नवलपुरमा सञ्चालन भइरहेको राष्ट्रिय भेट्रान्स कप फुटबल प्रतियोगितामा आज तीन खेल भएका छन् । प्रतियोगितामा आयोजक रिटर्नी माइग्रेन्ट नेपाल नवलपुर, चितवन भेट्रान्स र कालभैरव भेट्रान्स विजयी भए ।

पहिलो खेलमा आयोजक रिटर्नी माइग्रेन्टले अभिषेक चर्च रजहरलाई २–० गोलअन्तरले पराजित गर्यो । आयोजक टोलीको तर्फबाट थमन चौधरीले खेलको ५७ औँ मिनेट र तेज रानाले ६०औँ मिनेटमा गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच रिटर्नीका गोल रक्षक कृष्णबहादुर पौडेल घोषित भए ।

दोस्रो खेलमा रुपन्देही भेट्रान्स क्लबविरुद्ध चितवन भेट्रान्स क्लबले ४–० गोल अन्तरले जीत निकाल्यो । चितवनका तर्फबाट भूपेन्द्र कार्कीले एक, हर्कबहादुर गुरुङले दुई तथा वीरेन्द्र पाण्डेले एक गोल गरे ।

कार्कीले खेलको ३९औँ मिनेट, गुरुङले ५९ र ६२औँ मिनेट तथा पाण्डेले ६३औँ मिनेटमा गोल गरे । सो खेलमा हर्कबहादुर गुरुङ म्यान अफ दी म्याच घोषित भए ।

तेस्रो खेलमा कालभैरव भेट्रान्स क्लब हेटौँडा ४–० गोल अन्तरले विजयी भयो । कालभैरवले नवलपुरको वल्डस्टार भेट्रान्स कावासोतीलाई पराजित गरेको हो । कालभैरवका तर्फबाट बेबिन श्रेष्ठले एक, देउमान लिम्बुले दुई तथा सोमकुमार श्रेष्ठले एक गोल गरे । श्रेष्ठले खेलको १९औँ, लिम्बूले २९ र ६०औँ तथा श्रेष्ठले ४८औँ मिनेटमा गोल गरे । सो खेलमा देउमान लिम्बू म्यान अफ दी म्याच घोषित भए ।

प्रतियोगिता कावासोती–१७ स्थित सरस्वती माविको खेलमैदानमा भइरहेको छ । प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व), नवलपरासी (बर्दघाट–सुस्तापश्चिम), चितवन, काठमाडौँ, कास्की, मकवानपुर, सुर्खेत र पर्सा सहभागी छन् ।

विजेताले एक लाख तथा उपविजेताले ५१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता पुस २४ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस